पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज बुधवार पाँच वटा संसदीय समितिहरूको बैठक बस्ने भएको छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ७ बजे बस्नेछ । बैठकमा दुई वटा उपसमितिहरूले पेस गरेको प्रतिवेदन समितिसमक्ष पेस गर्ने कार्यसूची छ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान साढे ८ बजे बस्दैछ। बैठकमा विद्युतीय विधेयक, २०८० माथि संशोधनसहित दफाबार छलफल हुने कार्यसूची छ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० का सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बोलाइको छ । बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनउपर छलफल हुने कार्यसूची छ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link