सरकारले घुम्नुपर्ने सय पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरूले तस्बिरमा उतारेका छन् ।
पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’मार्फत चित्रकारले यसका विशेषतालाई चित्रमा उतारेका हुन् ।
चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्यको क्यानभासमा टेम्केमैयुङ राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । मुन्दुम पदमार्गलाई योग, ध्यान केन्द्रको रूपमा स्थापित गराउने लक्ष्य रहेको उनले बताए ।
तीन दिने कार्यशालामा बनाइएका चित्रलाई काठमाडौँमा प्रदर्शनी गरिने उनले बताए । कार्यशालाको बुधबार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीको प्रमुख आतिथ्यमा समापन गरिएको हो । कार्यशालाका माध्यमबाट मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै कला र सांस्कृतिक संरक्षणमा टेवा पुग्ने बताए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- संसद् अवरुद्ध हुँदा बजेटमाथि छलफल सुरु भएन
- क्यालिफोर्नियामा ट्रम्पद्वारा नेशनल गार्ड परिचालन, कर्फ्यु र विरोध प्रदर्शन
- एलन मस्क र डोनाल्ड ट्रम्पको सम्बन्धमा दरार: कसरी बिग्रियो यो सम्बन्ध?
- फेला पर्यो रिमिघा लेकमा यार्सागुम्बा
- भारतमा कोभिड-१९ को नयाँ प्रकोप
- पोर्चुगलले जित्यो स्पेनलाई हराउँदै नेशन्स लिगको उपाधि
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
