श्रीलंका आर्थिक संकट: प्रधानमन्त्री महिन्दा राजापाक्षेको राजीनामा

प्रधानमन्त्री महिन्दा राजापाक्षेका समर्थकहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको कार्यालय बाहिर सरकार विरोधी प्रदर्शनकारीहरूमाथि हमला गरेपछि कम्तिमा ७८ जना घाइते भएका छन् भने सरकारी अधिकारीहरूले राष्ट्रव्यापी कर्फ्यू लगाएपछि प्रधानमन्त्री महिन्दा राजिनामा दिन बाध्य भएको वताइएको छ।

केही समाचारहरूमा सोमवारको हिंसक झड़पमा सत्ताधारी पार्टीका एक सांसद समेत ३ जना मारिएको र १५० जना भनदा बढी घाइते भएको पनि जनाइएको छ।

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार आफ्नो पदबाट राजीनामा दिनुभएको हो। यो कदमले उहाँका भाइ राष्ट्रपति गोटाबाया राजापाक्षेलाई इतिहासको सबैभन्दा खराब आर्थिक संकटको सामना गर्नका लागि राष्ट्रिय एकताको सरकार गठन गर्न बाटो खोलिदिएको छ।

प्रधानमन्त्री महिन्दाले ट्वीटरमा लेख्नु भएको छ, ‘मैले तत्कालै लागु हुने गरी राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु । राजीनामा पत्रमा महिन्दाले भनेका छन्, ‘मैले तत्काल लागु हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको जानकारी गराउन पत्र लेख्छु । यही वैशाख २६ गते बसेको मन्त्रिपरिषद्को विशेष बैठकमा तपाईंले सर्वदलीय अन्तरिम सरकार गठन गर्न चाहेको बताउनुभएकोमा तपाईंले गर्नुभएको अनुरोधअनुसार यो राजिनामा आएको हो।”

वर्तमान संकटबाट बाहिर आउनका लागि जनता र सरकारलाई सहयोग गर्न भविष्यमा पनि जस्तोसुकै त्याग गर्न पनि आफू तयार रहने प्रधानमन्त्री महिन्दाले बताउनु भएको छ।

संकटग्रस्त देशमा द्वन्द्वग्रस्त सरकारको नेतृत्व गर्दै राष्ट्रपति गोटाबाया राजापाक्षेले वर्तमान राजनीतिक गतिरोध समाधान गर्नका लागि अन्तरिम सरकार गठन गर्न महिन्दाको राजीनामा माग्नु भएको थियो।

सांसद मैत्रीपाला सिरिसेनाले गत महिना राष्ट्रपतिसँगको एउटा भेटपछि वताए अनुसार आफ्नो जेठा दाईलाई प्रधानमन्त्रीबाट हटाउन सहमत हुनुका साथै राष्ट्रिय परिषद्ले नयाँ प्रधानमन्त्री बनाउने र संसदका सबै दलहरू सम्मिलित मन्त्रिपरिषद्को गठनमा राष्ट्रपति तयार हुनुभएको थियो।

७६ वर्षीय महिन्दा राजापाक्षेलाई आफ्नै दल श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) ले राजीनामा दिन दबाब दिएको थियो। तर, उहाँ राजिनामा नदिन आफ्ना समर्थकलाई भेला गर्दै आफ्नो तर्फबाट दबाब दिदै हुनुहुन्थ्यो।।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
श्रीलंका आर्थिक संकट: प्रधानमन्त्री महिन्दा राजापाक्षेको राजीनामा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link