आइएनएसका प्रधान सम्पादक तारानाथ दाहाललाई त्रिमूर्ति निकेतनले ‘भद्र घले पदक’ बाट सम्मानित गर्ने निर्णय गरेको छ।
त्रिमूर्ति निकेतनको स्थापनामा गुरुतर भूमिका निर्वाह गर्दै देशदेशान्तरमा संस्थाको गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदान पुर्याएबापत तारानाथ दाहाललाई सो पदक समर्पण गर्नेका लागि त्रिमूर्ति निकेतनको पूर्व बैठकबाट निर्णय गरिएको जनाइएको छ।
त्यसैगरी त्रिमूर्ति निकेतनले त्रिमूर्ति निकेतनबाट गठित ‘विश्वनारी नेपाली साहित्य सम्मेलन’ र ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को आरम्भदेखि अन्त्यसम्मको नेतृत्वदायी भूमिकामा सार्थक, उल्लेखनीय र विशिष्ट योगदानका निम्ति प्रा.डा. उषा ठाकुरलाई ‘भद्र घले पदक’ समर्पण गर्ने निर्णय गरेको पनि जनाइएको छ।
प्रमाणपत्र र पदकका साथ ‘भद्र घले पदक’को राशी जनही पच्चीस हजार रूपियाँ रहेको छ।
‘भद्र घले पदक’ हरेक वर्ष त्रिमूर्ति निकेतनका सदस्यहरुमध्ये एक जनालाई समर्पण गरिन्छ। त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको बैठकले सो निर्णय गरेको त्रिमूर्ति निकेतन सदस्यसचिव नरेन्द्रराज प्रसाई जानकारी दिनुभएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- गएको चार वर्ष : नेपालमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
- ट्रम्प र पुटिनबीच दुई घण्टा लामो फोन वार्ता
- ओझेलमा अनौठो कुवा
- बाल विद्यार्थीको अभावमा बेनीका दुई विद्यालय बन्द
- पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने
- अख्तियारमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
- धुलिखेल-साँगा सडक खण्ड कालोपत्र सुरु
- आजका लागि निर्धारित विनिमय दर
- हुरीका कारण २० प्रतिशत केरा खेतीमा क्षति
- कतारमा युद्धविराम वार्ता: हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव
