कतारमा युद्धविराम वार्ता: हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव

गाजामा युद्धविरामका लागि इजरायल र हमासबीच शनिबार नयाँ वार्ता सुरु भएको छ ।  वार्ताहरू पछि हमासले नयाँ युद्धविराम सम्झौताको एक भागको रूपमा थप इजरायली बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव गरेको अन्तरास्ट्रिय मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

इजरायली सेनाले गाजा पट्टीमा ठुलो नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि दुई बिचको यो कुराकानी सुरु भएको थियो।  मिडिया रिपोर्टहरु अनुसार हमासले ६० दिने युद्धविराम र इजरायलले प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा नौ इजरायली बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ।

नयाँ सम्झौताले राहत सामग्री बोकेका ४०० ट्रकहरू गाजा प्रवेश गर्न अनुमति दिनेछ र गाजाबाट बिरामी मानिसहरूलाई बाहिर निकाल्न पनि अनुमति दिनेछ। यसको बदलामा इजरायलले बाँकी रहेका सबै बन्धकहरूको जीवित रहेको प्रमाण र उनीहरूको बारेमा सबै जानकारी उपलब्ध गराउन माग गरेको छ।

अर्कोतर्फ इजरायलले भने बाँकी रहेका सबै बन्धकहरूको जीवित रहेको प्रमाण र उनीहरूको बारेमा सबै जानकारी उपलब्ध गराउन माग गरेको छ ।

यो चरणको युद्धविराम वार्ता कतार र अमेरिकाका मध्यस्थकर्ताहरू मार्फत दोहामा भइरहेको छ । यो कुराकानी शनिबार दिउँसो सुरु भएको हो ।

इजरायलले प्रस्तावित सम्झौताको बारेमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन, तर वार्ता अघि उसले गाजाबाट आफ्नो सेना फिर्ता नगर्ने वा युद्ध अन्त्य गर्ने कुनै वाचा नगर्ने बताएको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link