गाजामा युद्धविरामका लागि इजरायल र हमासबीच शनिबार नयाँ वार्ता सुरु भएको छ । वार्ताहरू पछि हमासले नयाँ युद्धविराम सम्झौताको एक भागको रूपमा थप इजरायली बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव गरेको अन्तरास्ट्रिय मिडिया रिपोर्टहरुमा उल्लेख छ ।
इजरायली सेनाले गाजा पट्टीमा ठुलो नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि दुई बिचको यो कुराकानी सुरु भएको थियो। मिडिया रिपोर्टहरु अनुसार हमासले ६० दिने युद्धविराम र इजरायलले प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा नौ इजरायली बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ।
नयाँ सम्झौताले राहत सामग्री बोकेका ४०० ट्रकहरू गाजा प्रवेश गर्न अनुमति दिनेछ र गाजाबाट बिरामी मानिसहरूलाई बाहिर निकाल्न पनि अनुमति दिनेछ। यसको बदलामा इजरायलले बाँकी रहेका सबै बन्धकहरूको जीवित रहेको प्रमाण र उनीहरूको बारेमा सबै जानकारी उपलब्ध गराउन माग गरेको छ।
अर्कोतर्फ इजरायलले भने बाँकी रहेका सबै बन्धकहरूको जीवित रहेको प्रमाण र उनीहरूको बारेमा सबै जानकारी उपलब्ध गराउन माग गरेको छ ।
यो चरणको युद्धविराम वार्ता कतार र अमेरिकाका मध्यस्थकर्ताहरू मार्फत दोहामा भइरहेको छ । यो कुराकानी शनिबार दिउँसो सुरु भएको हो ।
इजरायलले प्रस्तावित सम्झौताको बारेमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन, तर वार्ता अघि उसले गाजाबाट आफ्नो सेना फिर्ता नगर्ने वा युद्ध अन्त्य गर्ने कुनै वाचा नगर्ने बताएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर