आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ६० पैसा र बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ११ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६४ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २५ पैसा र बिक्रीदर ११ रुपैयाँ २९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५ रुपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६७ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८९ पैसा बिक्रीदर ४०१ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४१ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link