नेपालमा कोरोना कहरको दोश्रो लकडाउनताका अक्सिजनको व्यापक अभावको खबरसँगै संयुक्त राज्य अमेरिकाको भर्जिनियामा सामूदायिक भवन निर्माण र संचालनकालागि स्थापना गरिएको अमेरिका नेपाल सामूदायिक केन्द्र (न्याक) ले नेपालमा अक्सिजन प्लान्ट निर्माणकालागि दान सहयोग जुटाउन सामाजिक संजालमार्फत व्यापक अभियान चलायो।
न्याकका एक पदाधिकारीका अनुसार अक्सिजन प्लाण्ट निर्माणका लागि निको फाउन्डेसन, भर्जिनियासंग सहकार्य गरी ५० हजार अमेरिकी डलर (करिब साठी लाख रूपैयाँ) उठाइएको थियो। तर, यो सहयोग रकम कुन प्रकृयाले र कसरी बतास समूह सहितको अन्य छ सस्थाहरू संलग्न समूहमामा गयो भन्ने बारेमा सबै चकित छन्।
५० हजार डलर यसरी उठाइयो
नेपालमा दोश्रो लक डाउन भए संगै अक्सिजनको अत्याधिक अभाव खट्कियो। यस्तो विषम परिस्थितिमा अक्सिजन नपाएरै धेरैको ज्यान जान सक्ने देखि आफ्ना तर्फबाट केहि सहयोग उठाई एउटा अक्सिजन प्लान्ट नेपालमा निर्माण गर्न सके केहि राहत मिल्ने भएकाले न्याक र निको फ़ाउण्डेशनले संयुक्तरुपमा समूदायमा सहयोगको याचना गरे, अन्तत ५० हजार डलरको सहयोग उठाउन सफल भए।
स्मरण रहोस, यति बेला यस सहकार्यमा संलग्न निको फ़ाउण्डेशनलाई गत् सेप्टेम्बर २०२१ देखि भर्जिनिया राज्यको राज्य निगम आयोग क्लर्क सूचना प्रणालीले “निस्कृय” संस्थाका रुपमा राखेको छ।
अमेरिकाको भर्जिनिया राज्यमा राज्य निगम आयोगले सस्था दर्ता गर्दछ। आयोगको नियमानुसार दर्ता भएका सस्थाहरुले प्रत्येक बर्ष तोकिए अनुसारको रिपोर्ट र नविकरण दस्तुर बुझाएर संस्था नविकरण गर्नु पर्ने प्राबधान रहेको छ।
कहाँ गयो ५० हजार डलर :
न्याकका एक पदाधिकारीका अनुसार शुरुमा उक्त रकम भर्जिनियामा दर्ता भएको मिसन रिबुल्ड नेपाल नामक नन प्रोफ़िक्ट सस्थालाई दिने निर्णय भएको थियो। मिसन रिबुल्ड नेपालका अध्यक्ष डा मदन उप्रेती नै न्याकका पनि अध्यक्ष भएकाले सस्था भित्र ‘कन्फ़्लिक्ट अफ इन्ट्रेस’ हुने भनि सस्थामा विवाद भए पश्चात त्यस रकमलाई अमेरिका नेपाल मेडिकल फाउन्डेसन (ANMF) लाइ दिइएको न्याकका अर्का पदाधिकारीले जानकारी दिएका छन्।
अमेरिका नेपाल मेडिकल फाउन्डेसनलाई दिइएको भनिएको ५० हजार डलर मिसन रिबुल्ड नेपाल र विवादित व्यवसायिक सस्थाको फाउन्डेसन – बतास फाउन्डेसन सहितको समूहमा मिसाइएको त हैन भन्ने भर्जिनियाबासीहरु बीचमा यस अघि चर्चा चुलिएको थियो।
यस प्रकरणमा मिसन रिबुल्ड नेपालले जारी गरेको सूचनामा सहकार्य गर्ने सस्थाहरुमा बतास फाउन्डेसन समेत उल्लेख गरेकाले भर्जिनिया बासीहरुको अनुमान सहि देखिन्छ।
मिसन रिबुल्ड नेपालका अनुसार फ्रान्सबाट आउनु पर्ने १० थान अक्सिजन प्लाण्ट नेपाल भित्राउन हवाई कार्गो व्यवस्थाको ढिलाईले अझैसम्म आइ नपुगेको जनाएको छ।
दोहोरो भूमिकामा रहेका डा. उप्रेतीले यहि व्यहोराको जानकारी न्याकको बैठकलाई दिएका छन्।
उता बिभिन्न मिडियामा बतास फाउन्डेसनले समेत सोहि जानकारी गराएको छ र यस कार्यमा सहकार्य गर्ने संस्थामा एक मिसन रिबुल्ड नेपाल भएको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले पनि मिडियाहरु समक्ष पुष्टि गरेका छन्।
कोरोना संक्रमित बिरामीहरूको उपचारका लागि दोस्रो चरणको लकडाउन ताका नेपालका एक विवादित व्यवसायी बतास समूहले आफ्नो फाउन्डेसन मार्फत अक्सिजन प्लान्ट निर्माणको अग्रसरता लिएको थियो। यति बेला नारायणहिटी रेस्टुरा लगायत अनेकौ प्रकरणमा बतास समूह मुछिएको छ।
बतासका तर्फबाट आनन्दराज बतास र मिसन रिबुल्ड र न्याकका तर्फ बाट डा. मदन उप्रेतीले दिएको जानकारी आपसमा मिलेको छ। अर्थात, आपसी साझेदारीमा फ्रान्सबाट आउनु पर्ने १० थान अक्सिजन प्लाण्ट नेपाल भित्राउन हवाई कार्गो व्यवस्थाको ढिलाईले अझै सम्म आइ नपुगेको दुबैले कबुल गरेका छन्।
यस आयोजनामा अक्सिजन प्लाण्ट खरिदमा छ वटा संस्थाले सहकार्य गरेका छन् भने मिसन रिबुल्ड नेपालले सबैसँग समन्वयको जिम्मा लिएको देखिन्छ। यसरी ठुलो संख्यामा अक्सिजन प्लाण्ट खरिद गर्दा सस्तो पर्न आएकोले छ सस्थाहरूसँग सहकार्य गर्नु परेको जानकारी प्राप्त भएको छ।
बतास फ़ाउण्डेशन – ४
अमेरिका नेपाल मेडिकल फ़ाउण्डेशन – २ (यसमा न्याक र इकोले उठाएको सहयोगमा १ थान समावेश)
स्याकार ट्रेडिङ्ग – १
जगदम्वा स्टिल -१
क्रियशियन, नेपाल -१
हुमिनिटि फ़ाउण्डेशन-१
मिसन रिबुल्ड नेपाल- समन्वय
मिसन रिबुल्ड नेपालले सहकार्य गर्ने छ संस्था , फ्रान्स स्थित भेण्डर, कार्गो कम्पनि र सरकारी निकायसंग समन्वय गर्ने जिम्मा लिएको देखिन्छ।
यसप्रकार न्याक र निको फाउन्डेसनले उठाएर नेपाल मेडिकल फाउन्डेसनलाइ दिएको भनिएको ५० हजार डलर तथा बतास समूह लगायत त्यसमा मिसिएका अन्य साझेदार संस्थाको लगानी यति बेला सम्म अलपत्र परेको छ भने आपतका समयमा जडान गरिसक्नु पर्ने अक्सिजन प्लान्ट फ्रान्समा अझै रोकिनुले यसतर्फ दाताहरुको चासो बढेको छ।श्रोत: INS NEWS-स्वतन्त्र समाचार
ग्लोबल न्युन ब्रेकसँगको सहकार्यमा
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
- पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- भूमेपूजापछि ‘लिङ्गो जुधाउने’ अनौठो परम्परा
- गएको चार वर्ष : नेपालमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
- ट्रम्प र पुटिनबीच दुई घण्टा लामो फोन वार्ता
- ओझेलमा अनौठो कुवा
- बाल विद्यार्थीको अभावमा बेनीका दुई विद्यालय बन्द
- पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने
- अख्तियारमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
- धुलिखेल-साँगा सडक खण्ड कालोपत्र सुरु
