यस वर्ष स्याउको उत्पादन बढेको छ मुगुमा। मुगुका स्याउ किसानहरू निकै खुसी हुनुपर्ने हो। तर उनीहरू चिन्तित छन्। किनकी पानी पर्न रोकिएको छैन। मुगु आउने बाटोको अवस्था बिजोग छ। बाटो राम्रो भए पो व्यापारी आएर स्याउ लान्थे।
विगत सात वर्ष देखि स्याउ बेचेर घर खर्च धान्दै आउनु भएका मुगुका स्याउ किसान टक्कबहादुर शाही भन्नुहुन्छ, “स्याउ उत्पादन बढेपनि स्याउले बजार नपाउँदा साह्रै दुःख लागेको छ।”
स्याउ बेचेर दशैँ मनाउन खोज्नेहरूलाई त झन बिजोग भएको छ। स्याउ नबिके दशैँ नै कसरी मनाउने भन्ने चिन्ता छ उनीहरूको।
टक्कबहादुर भन्नुहुन्छ, “लगातार अविरल वर्षाका कारण मोटरबाटो अवरुद्ध भएको छ। स्थानीय बजारसम्म बोकेर लग्न पनि निकै कठिन भएको छ। ”
यस्तो अवस्थामा स्थानीय सरकारको साथ सहयोग पाउनु पर्ने हो तर ति पनि आफै निरिह जस्ता देखिन थालेका छन्।
टक्कबहादुर भन्नुहुन्छ, स्थानीय निकायले बजारीकरणमा पहल गर्दिए देखि हामीलाई ठूलो राहत हुने थियो।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
