भारतसहित १८० देशमा जेनेरेटिभ एआई च्याटबट ‘बार्ड’ सुरु गर्ने तयारीमा गुगल, के छ विशेषता?

गुगलको कृत्रिम कुराकानी गर्ने आर्टिफिसिय इन्टेजिलेन्स (कृत्रिम बौद्धिकता) बार्ड भारतसहित १८० भन्दा बढी देशमा सुरु हुने भएको छ । कम्पनीको मुख्य कार्यालय माउन्ट भ्यूमा आयोजित ‘एनुअल डेभलपर कन्फ्रेन्स’ मा घोषणा भएको हो। गुगलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुन्दर पिचाइले मन्तव्य राख्दै एआई मोडल उत्कृष्ट र सक्षम हुँदै गर्दा सबभन्दा रोमाञ्चक अवसर भनेको मानिसलाई प्रत्यक्ष रूपमा संलग्न हुन उपलब्ध गराउनु रहेको बताउनुभएकाे छ। ‘बार्डका लागि हाम्रो अवसर भनेको संवादात्मक एआईमा प्रयोग हो,’ उहाँले भन्नुभयाे।

गुगलका उपाध्यक्ष सिसी हिसिओले गुगल बार्ड सबै देशमा खुला भएको र अब जापानिज र कोरियन भाषी प्रयोगकर्ता पनि यसमा जोडिन सक्ने बताउनुभयाे। हिसिओका अनुसार अन्य ४० भाषामा पनि गुगल बार्ड उपलब्ध हुनेछ।

बार्ड ओपन एआइको च्याटजिपिटीका लागि गुगलको प्रक्रिया हो। यसले अधिकांश प्रतीक्षा सूचीको प्रतिबन्धलाई हटाई च्याटबटलाई फराकिलो ढंगबाट सिक्न अंग्रेजी भाषामा अझ विस्तृत रुपमा उपलब्ध गराउँदैछ। सुरुवाती चरणमा गुगल बार्ड च्याटबट अमेरिका र बेलायतमा उपलब्ध थियो। तर अब इच्छुक भारतीय प्रयोगकर्ता गुगल बार्डको आधिकारिक बेवसाइटको माध्यमबाट एआई च्याटबटको प्रतीक्षा सूचीमा सहभागी हुन सक्नेछन्।

सिइओ पिचाईका अनुसार कम्पनीले बार्डको विकास तीव्र रूपमा गरिरहेको छ। यसले अब कार्यक्रमको बृहत्तर क्षमताको शृंखलालाई समर्थन गर्छ। अहिलेसम्म यो पाम–२ मा चलिरहेको सिइओ पिचाईको भनाइ छ। स्मरण होस्, पाम–२ गुगलको नया विस्तृत भाषा मोडल (लार्ज ल्यांग्वेज मोडल हो। यसले गुगलको अपडेटेड बार्ड च्याट टुललाई पावर प्रदान गर्नेछ। पाम–२ डेभलपर्सका लागि गुगलको पाम एपिआई, फायरबेस र कोल्याबमा उपलब्ध रहेको बताइएको छ।

‘पाम–२ हाम्रो आधारभूत अनुसन्धान र नवीनतम संरचनामा निमिर्त छ। यो कार्यको विस्तृत दायरामा सक्षम र प्रयोग गर्न पनि सजिलो छ,’ सिइओ पिचाईले भन्नुभयाे, ‘हामी आज पाम–२ द्वारा सञ्चालित २५ भन्दा बढी प्रडक्ट र फिचर्सबारे घोषणा गरिरहेका छौँ।’

पाम–२ मोडल विस्तृत आकारमा उत्कृष्ट आधारभूत क्षमता प्रदान गर्ने बताइएको छ। यसलाई गेको, ओटर, बाइसन र युनिकर्न नाम दिइएको छ। याे मोडल तर्कमा बलियो हुनुका साथै वैज्ञानिक र गणितीय विषयमा कुशल प्रशिक्षित छ। यसमा एक सयभन्दा बढी भाषा बुझ्ने क्षमता पनि छ। यसले विश्वका डेभलपर्सलाई सहयोग गर्न सक्ने सिइओ पिचाईले दाबी गर्नुभएकाे छ।

इकोनोमिक टाइम्स

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
भारतसहित १८० देशमा जेनेरेटिभ एआई च्याटबट ‘बार्ड’ सुरु गर्ने तयारीमा गुगल, के छ विशेषता?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link