थाइल्यान्ड चुनाव : परिवर्तन खोजिरहेका जनताले कसरी हराए दशक बढी शासन गरेकाे सैन्य–दललाई?

थाइल्यान्डको सुधारवादी विपक्षी दलले आमचुनावमा लोकप्रिय मतसहित सर्वाधिक सिट जितेको छ। योसँगै करिब एक दशकसम्म दक्षिण–पूर्वी एसियाली देशमा शासन गर्ने सैन्य समर्थित पार्टीले पराजय व्यहोरेको छ।

मतगणना अन्तिम चरणमा रहँदा थाइल्यान्डको प्रगतिशील ‘मुभ फरवार्ड पार्टी’ (एमएफपी) तथा लोकप्रिय फु थाई पार्टीले ५ सय सदस्यीय प्रतिनिधिसभामामा २८६ सिट जित्ने आकलन गरिएको छ। यद्यपि सेनाद्वारा नियुक्त संसद्का २५० सदस्यलाई प्रधानमन्त्रीमा मतदान गर्न दिने विकृत संसदीय नियमले गर्दा एमएफपी र फु थाईले आगामी सरकार गठन गर्न सक्छन्स/क्दैनन् भन्ने अनिश्चितता भने कायमै छ। अर्थात् उल्लिखित दुवै पार्टीले नयाँ सरकार गठन गर्न साना दलहरूको समर्थन लिनुपर्ने हुन्छ। आइतबार भएको मतगणनाअनुसार एफएफपी ठूलो विजेता बनेको छ। प्रगतिशील युवा नेतृत्व भएको उक्त पार्टीले राजतन्त्र सुधार, संविधान पुनर्लेखन तथा सैन्य भर्तीलाई हटाएर सैन्य शक्ति कम गर्ने साहसिक मञ्चमा पहिलोपटक चुनाव लडेको थियो।

९९ प्रतिशत मतगणना हुँदा एमएफपीले कुल १४७ सिटसहित तल्लो सदनको ठूलो हिस्सा लिन तयार देखिन्छ। प्रत्यक्ष निर्वाचित भएका ४०० सिटमध्ये ११२ र समानुपाति आधारमा १०० सिटमध्ये ३५ सिट रहेको निर्वाचन आयोगको प्रारम्भिक नतिजाले देखाएको छ।

विश्लेषकहरूले एमएफपीले हासिल गरेको परिणामलाई उत्कृष्ट भनेका छन्। किनकि चुनावअघिको सर्वेक्षणमा फु थाई हुने भविष्यवाणी गरिएको थियो, जो अर्बपति शिनावत्रा परिवासँग आबद्ध छ। उक्त पार्टीले सन् २००१ पछि प्रत्येक चुनावी मैदानमा विजयी बनेको थियो। तर अहिले अवस्था उलटफेर भएको छ। प्रारम्भिक नतिजाले फु थाईको कुल १३८ मा ११२ प्रत्यक्ष निर्वाचित र बाँकी २७ पार्टी–सूचीबाट सिट पाएको देखाएको छ। यसैबीच राजावादी सैन्यले खराब प्रदर्शन गरे।

एमएफपीले राम्रो प्रदशर्न गरे तापनि यसलाई विश्लेषकहरूले बैंककको माथिल्लो सरकारको कठिन लइाइँको सामना गरिरहेको बताउँछन्। किनकि कुनै पनि विजयी उम्मेदवार प्रधानमन्त्री बन्न प्रतिनिधिसभा र सिनेटमा ३७६ मत आवश्यक पर्छ। यस्तो अवस्थामा सिनेटले एमएफपीले प्राप्त गरेको जनादेशलाई सम्मान गर्न तयार हुन्छ या हुँदैन अहिले स्पष्ट भन्न सकिने अवस्था छैन।

सन् २०१४ को उथलपुथलमा सेनाप्रमुखका रूपमा सत्ता हातमा लिएका प्रधानमन्त्री प्रयुथ चान ओचाको युनाइटेड थाई नेसन पार्टी ३६ सिटसहित पाँचौं स्थानमा रह्यो भने उनकै पूर्वपार्टी पालङ प्रचारथ ४० सिटसहित चौथौ स्थानमा थियो। यस्तै तेस्रो स्थानमा आउने भूमजैतई थियो, जसले थाइल्यान्डमा मारिजुआनालाई वैध बनाउने अभियानको नेतृत्व गरेका थिए। हालको सत्ता गठबन्धनको एउटा अंग बनेको भूमजैतईले करिब ७० सिट ल्याउने अनुमान लगाइएको थियो।

पूर्वी थाइल्यान्डको उबन रत्चथानी विश्वविद्यालयमा राजनीतिक विज्ञानका प्रोफेसर टिटिपोल फकदिवाचिनका अनुसार अहिलेको परिणाम एमएफपीका लागि प्रभावशाली जित त हो नै, थाइल्यान्डका लागि नयाँ मोड पनि हो। यसले देशमा अधिकांश मानिसले परिवर्तन चाहेका छन् भन्ने देखाएको छ।

अनिश्चिततापूर्ण यात्रा

एमएफपीले राम्रो प्रदशर्न गरे तापनि यसलाई विश्लेषकहरूले बैंककको माथिल्लो सरकारको कठिन लइाइँको सामना गरिरहेको बताउँछन्। किनकि कुनै पनि विजयी उम्मेदवार प्रधानमन्त्री बन्न प्रतिनिधिसभा र सिनेटमा ३७६ मत आवश्यक पर्छ। यस्तो अवस्थामा सिनेटले एमएफपीले प्राप्त गरेको जनादेशलाई सम्मान गर्न तयार हुन्छ या हुँदैन अहिले स्पष्ट भन्न सकिने अवस्था छैन।

अल अजिराबाट

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
थाइल्यान्ड चुनाव : परिवर्तन खोजिरहेका जनताले कसरी हराए दशक बढी शासन गरेकाे सैन्य–दललाई?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link