अमेरिकी कम्पनी वालमार्टले भारतबाट प्रतिवर्ष १० अर्ब डलरबराबरको खेलौना, जुत्ता र साइकल लैजाँदै

अमेरिकी रिटेल कम्पनी वालमार्टले भारतीय आपूर्तिकतासँग खेलौना, जुत्ता र साइकल खरिद गर्ने सोच बनाएको छ। वार्लमार्ट कम्पनीले सन् २०२७ सम्म भारतबाट १० खर्ब अमेरिकी डलरबराबरको निर्यात गर्ने सोच बनाएको छ। कम्पनीले खानाका विभिन्न श्रेणीमा पनि नयाँ आपूर्तिकता विकसित गर्न खोजिरहेको छ। कम्पनीका प्रवक्ताले समाचार एजेन्टी पिटिआईलाई बताएअनुसार औषधि, उपभोग्य वस्तु, स्वास्थ्यसामाग्री, लत्ताकपडाजस्ता श्रेणीमा पनि आपूर्तिकर्ता विकसित गर्ने खोजेको बताइएको छ। यसैलाई लिएर बेन्टनभिलस्थित केन्द्रीय कार्यालयका अधिकारीले हालसालै मात्र थुप्रै घरेलु कम्पनीसँग भर्चुअल मिटिङ गरेका छन्।

घरेलु खेलौना निर्माता कम्पनीसँग प्रत्यक्ष जोडिएका बेला कम्पनीले खेलौना निर्मातालाई उनीहरूको आवश्यकता र अपेक्षित गुणस्तरीयता मानकबारे जानकारी गराएको थियो।

आइकाजस्ता वैश्विक खुुद्रा बिक्रेताले पहिल्यैदेखि भारतबाट खेलौना आयात गरेका छन्। यस्तो स्थितिमा वालमार्टको यो कदम महत्वूर्ण मानिएको छ। यसले खेलौना उद्योगमा भारत सक्षम देखिएको छ। केही वर्ष पहिलेसम्म भारत खेलौनाको आयातकर्ता मात्रै थियो। तर पछिल्लो समय भातरले अनौठो प्रगति गरेको छ। यसबारे वालमार्टका प्रवक्ताले भनेका छन्, ‘वालमार्टको वृद्धि हुनुमा घरेलु आपूर्तिकतासँग काम गर्नु, लत्ताकपडासँगसँगै खाद्यान्न, औषधि, उभोग्य वस्तु, स्वास्थ्यजस्ता नयाँ आपूर्तिकर्ता विकसित गर्नुका साथै सहयोग गर्नु हो। हामी पनि एक हौँ। खेलौना, जुत्ता र साइलकमा अवसर खोजिरहेका छौँ।’

डिसेम्बर २०२० मा वार्लमार्टले सन् २०२७ सम्म प्रत्येक वर्ष भारतबाट आफ्नो सामान निर्यातलाई ३ गुणा बढाएर १० अर्ब अमेरिकी डलर पुर्याउने प्रतिबद्धता गरेको थिए। त्यसले भारतका सूक्ष्म, लघु तथा मध्यम उद्योग-उद्यमीलाई महत्वपूर्ण लाभ मिल्यो।

सोर्सिङ विस्तारमा खाद्यान्न, औषधि, उपभोग्य वस्तु तथा सामान्य व्यापारजस्ता श्रेणीमा सयौँ नयाँ आपूतिकर्ता विकसित गर्न सहयोग मिल्ने बताइएको छ।
यस महिनाको सुरुवातमा वालमार्ट इंकका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सिइओ) डग म्याकलिनले आफ्नो भारत भ्रमणका क्रममा आफ्नो प्रतिबद्धता पुष्टि गर्दै भारतका आपूर्तिकर्ताको अनौठो इकोसिस्टमले वार्लमार्ट कम्पनीलाई सन् २०२७ सम्म प्रतिवर्ष भारतबाट १० अर्ब अमेरिकी डलरबराबरको सामान आयात गर्ने आफनो लक्ष्य प्राप्त गर्न सहयोग गर्ने बताएका थिए।

यस्तै डगले भारतीय आपूर्तिकर्तालाई सम्बोधन गर्दै भारतीय समुदायसँगको साझेदारीलाई सुदृढ बनाउन, व्यवसायमा अवसरको विस्तार गर्न र विश्वभरि नै खुद्रा बिक्रीका लागि परिवर्तनकारी र नवीन समाधानलाई बढावा दिनेबारे रेखाचित्र प्रस्तुत गरे।

आर्थिक वर्ष २०२२/०२३ मा अप्रिल–डिसेम्बरमा भातरको खेलौना निर्यात १० अर्ब १७ करोड भारु पुगेको थियो। यस्तै आव २०२१/०२२ मा २६ अर्ब थियो।
आव २०२१/२२ मा भारतमा खेलौनाको कुल आयात ७० प्रतिशतले घटेर ८ अर्ब ७० करोड भारु थियो। यसैगरी फेब्रुअरी २०२० मा भारतले खेलौनामा भन्सारदर २० प्रतिशतबाट बढाएर ६० प्रतिशत गर्यो। आयातलाई पूर्णरुपमा निरुत्साहन गर्न भारत सरकारले यो वर्षदेखि भन्सादर ७० प्रतिशत पुर्याएको छ।

इकोनोमिक टाइम्सबाट

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
अमेरिकी कम्पनी वालमार्टले भारतबाट प्रतिवर्ष १० अर्ब डलरबराबरको खेलौना, जुत्ता र साइकल लैजाँदै
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link