आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। यद्यपि यसको औपचारिक उद्घाटन जेठ २५ गते हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले केबलकारको उद्घाटन गर्नुहुनेछ।
‘जेठ १५ गते बिहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी सञ्चालनमा आएको छ,’ अध्यक्ष ढकालले भन्नुभयो ‘जेठ २५ गते औपचारिक रूपमा प्रधानमन्त्रीबाट उद्घाटन हुन्छ।’
केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुभएको थियो।
कम्पनीले बुटवलको वडा नं ३ मा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेसन रहेको केबलकारले यी दुवै वडावासीलाई केबलकार चढ्दा लाग्ने शुल्कमा ४५ प्रतिशत छुट दिने घोषणासमेत गरेको छ।
स्थानीयको साथ र सहयोगले केबुलकार छिटै सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा ४५ प्रतिशत छुट गरिएको अध्यक्ष ढकालले बताउनुभयो।
स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मालगायतले अघि सारेको केबलकार आयोजनामा स्थानीयकै आग्रहमा आईएमई ग्रुप सहभागी भएर शिलान्यास गरेको ३ वर्षभित्रै सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको ढकालले बताउनुभयो। कम्पनीले प्रतिटिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाका लागि छुट्टाएको र उक्त रकम दुवै पालिकाले ५० प्रतिशतका दरले बाँडफाँडट गर्ने बताउनुभयो।
केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने भएकाले केबलकार सञ्चालनले प्रदेशको राजधानी दाङ सर्दा रुपन्देहीको व्यापार–व्यवसायमा परेको असरलाई पूर्ति गर्ने र रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालको भनाइ छ।
वसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयाँ धार्मिक र पर्यटकीय गन्तव्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने ढकालले बताउनुभयो।
केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जीप लाइन निर्माणको क्रममा छन्।
केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, लगायत संरचना निर्माण हुनेछन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
