अमेरिकी ट्रेजरी (राज्यकोष) मा नगद खतरनाक रूपमा दिनप्रतिदिन घट्दै गएको छ। यस्तो बेला वाशिंगटनले ऋणको सीमा बढाउन अन्तिम मिनेटसम्म पर्खिरहेको छ।
मे २५ मा व्यापार बन्द हुँदा ट्रेजरी ३८.८ अर्ब डलर मात्र नगद थियो। यो भनेको यसै महिनाको सुरुमा २०० अर्ब डलरभन्दा पनि कम हो, जुन ३० अर्ब डलरको न्यूनतम स्तरनजिक हो।
उक्त दिनको ब्लुमबर्गको बिलिनियर्स इन्डेक्सअनुसार अमेरिकी सरकारको ३८.८ अर्ब डलरभन्दा ३१ जना अर्बपतिहरू प्रत्येकसँग बढी नगद छ। अर्बपतिहरूमध्ये फेसन मोगल बर्नार्ड अर्नाल्ट बढी धनी छन्। विलासी सामान निर्माता एलभिएमएचका अध्यक्ष अर्नाल्टको कुल सम्पत्ति १९३ अर्ब डलर छ। यस्तै टेस्लाका मालिक एलन मस्कको कुल नेटवर्थ (सम्पत्ति) १८५ अर्ब डलर छ भने अमेजनका संस्थापक जेफ बेजोसको कुल सम्पत्ति १४४ अर्ब डलर रहेको छ।
अमेरिकी सरकारको कुल नगदभन्दा बढी धनी ३१ अर्बपतिहरूको सूचीमा माइकल डेल, सेयरका बादशाह भनेर चिनिने वारेन बफेट र फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गका साथै फ्रान्सेली अर्बपति फ्रान्कोइस पिनाल्ट र कनेलका अध्यक्ष एलेन वेर्थइमजस्ता लो प्रोफाइल भएका अर्बपतिलगायत समावेश छन्।
राष्ट्रपति जो बाइडेन र प्रवक्ता केभिन म्याकार्थीले जनवरी १, २०२५ सम्म ऋण सीमा निलम्बन गर्न द्विपक्षीय सम्झौतामा पुगेका छन्। ट्रेजरी सचिव जेनेट येलेनले यदि कंग्रेसले जुन ५ तारिखम्म ऋण नबढाए राष्ट्रका सबै दायित्वहरू तिर्न पर्याप्त रकम नहुने सरकारलाई चेतावनी दिएका छन्।
-सिएनएनबाट
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
