पाकिस्तानले इतिहासकै ठूलो आर्थिक संकट झेल्नुका साथै राजनीतिक द्वन्द्व पनि भोगिरहेको छ। दिनप्रतिदिन बढ्दै गएको महँगी रोकिने लक्षण देखिएको छैन। लगातार दोस्रो महिना पाकिस्तानको महँगीदर एसियाकै सर्वाधिक धेरै छ। टाट पल्टिने अवस्थामा पुगेको पाकिस्तानमा गएको अप्रिल महिनामा मुद्रास्फीति ३६.४ प्रतिशत थियो भने यो महिना बढेर ३८ प्रतिशत पुगेको छ।
ब्लुमबर्गको रिपोर्टका अनुसार गम्भीर आर्थिक चुनौती सामना गरेको पाकिस्तान सरकारले बजेट ल्याउने केही दिनअघि नै मुद्रास्फीतिले नयाँ रेकर्ड बनाएको छ। पाकिस्तानको तथ्यांक विभागद्वारा जारी गरिएको तथ्यांकमा वार्षिक रुपमा २०२३ मे महिनामा महँगीदर ३७.९७ प्रतिशतको डरले बढेको छ।
पाकिस्तानमा सबैभन्दा धेरै महँगी दैनिक उपभोग्य वस्तुमा छ। यस्तै वार्षिक रुपमा मदिरा र सुर्तीजन्य पदार्थमा १२३ प्रतिशत, मनोरञ्जन र संस्कृतिमा ७२ प्रतिशत र यातायातमा करिब ५३ प्रतिशत महँगी बढेको हो।
तीव्र गतिमा बढेको महँगी र राजनीतिक द्वन्द्वले पाकिस्तानको अवस्था झन्झन् बिग्रँदै गएको छ। कर्जाको दायित्व, डलरको तुलनामा निरन्तर कमजोर हुँदै गएको पाकिस्तानी मुद्रा र करिब रित्तिनै लागेको विदेशी मुद्रा सञ्चितिले पनि अवस्था झनै जटिल बनाएको छ। यो संकटबाट देशलाई बाहिर निकाल्न पाकिस्तान सरकार असक्षम देखिएको छ।
११ महिनामा मुद्रास्फीतिमा २९.१६ प्रतिशतले वृद्धि भएको छ। पाकिस्तान सरकार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को पहिलो किस्ता रिलिज गर्न आग्रह गरेको भए पनि आइएमएफले यसलाई स्वीकृति दिएको छैन। यस्तै अन्य देश पनि सहयोग गर्न अगाडि आएका छैनन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कोभिड खोपको प्रविधिका जनक क्याटालिन क्यारिको र ड्र्यू वेइसम्यानलाई चिकित्साको नोबेल पुरस्कार
- ठूला शक्तिले गरे जासुसी नेटवर्क विस्तार, अमेरिका–चीनको नजर फौजी क्षमतामाथि
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- २०७९ को मदन पुरस्कार ‘ऐंठन’ उपन्यासलाई
- आन्दोलनको जग र दबाबमा बनेका आयोगको प्रभावकारिता कम भयो : सभामुख घर्ती
- चिकित्सकसँग सहमति, आन्दोलन फिर्ता, कुटपिट गर्नेलाई कम्तीमा तीन वर्ष थुन्ने व्यवस्था गरिने
- किन पक्राउ परे हिरो अनमोल केसी?
- विश्व मुटुराेग दिवस : कसरी बच्न सकिन्छ हृदयघातबाट?
- २०२० मा क्यान्सरबाट मात्रै ५३ लाखले गुमाए ज्यान, ७० प्रतिशतलाई बचाउन सकिन्थ्यो
- प्राथमिकतामा अनलाइन स्पेस