दक्षिणी ग्रिसमा आप्रवासी सवार डुंगा डुब्दा कम्तीमा ७९ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढीको उद्धार गरिएको छ। दुर्घटनमा बाँचेका यात्रुले डुंगामा ६५० जना जति सवार भएको हुन सक्ने बताएका छन्। जसमध्ये सय जना बालबालिका रहेको बताइएको छ।
उता ग्रिसले अहिलेसम्मकै ठूलो आप्रवासी दुर्घटना भएको बताउँदै देशमा तीन दिनको शोकसमेत घोषणा गरेको छ।
ग्रिस कोस्टगार्डका अनुसार स्थानीय समय बुधबार बिहान दुई बजेर ४ मिनेट जाँदा पाइलोसको दक्षिण–पश्चिममा ८० किलोमिटर तल पसेको थियो। युरोपियन युनियनको सीमा एजेन्सी फ्रन्टेक्सले मंगलबार दिउँसो डुंगा देखेर र तत्काल ग्रिक इटालियन अधिकारीलाई जानकारी दिएको बताएको छ। डुंगामा सवार कुनै पनि यात्रुले लाइफ ज्याकेट नलगाएको बताइएको छ। कोस्टगार्डले दिएको टाइमलाइनअनुसार माछा मार्ने डुंगासँग प्रारम्भिक सम्पर्क भए पनि सहयोगका लागि अनुरोध गरिएको थिएन।
ग्रिक सिपिङ मन्त्रालयले डुंगासँग लगातार सम्पर्क गरी डुंगा इटाली जान चाहेको बताएको थियो। माल्टाको झन्डा फहराएको एउटा जहाजले ६ बजे खाना र पानी बाँडेको थियो भने त्यसको तीन घण्टापछि अर्को एउटा डुंगाले पानी उपलब्ध गराएको थियो। त्यसपछि बुधबार करिब १.४० बजे डुंगामा सवार कुनै यात्रुले ग्रिक कोस्टगार्डलाई डुंगाको इन्जिन खराब भएको जानकारी गराएको बताइएको छ।
लगत्तै डुंगा पल्टियो र पूरै डुब्न १० देखि १५ मिनेट लागेको थियो। खोजी र उद्धारकार्य सुरु गरिए पनि हावाको गति तीव्र भएकाले समस्या भएको थियो।
उक्त डुंगा लिबियाबाट इटाली जाँदै गरेको अनुमान गरिएको छ। जसमा अधिकांश २० वर्षका पुरुष सवार थिए।
दुर्घटना परी बाँचेका यात्रुले डुंगामा ५०० देखि ७०० जनासम्म सवार रहेको बताएका छन्। यो संख्या डुंगाको अनुमतिभन्दा धेरै रहेको बताइएको छ।
डुंगा भूमध्यसागरको सबैभन्दा गहिरो भागमध्येको एक भागमा डुबेको थियो। पीडितहरुको राष्ट्रियता भने खुलाइएको छैन। बाँचेहरुलाई सामान्य उपचारका लागि अस्पतालमा लगिएको छ।
ग्रिसका राष्ट्रपति क्याटेरिना साकेलारोपाउलोले उद्धार गरिएकालाई भेटेकी छिन् भने मृतकप्रति दुःख प्रकट गरेकी छिन्।
प्रत्येक वर्ष भूमध्यसागर पार गर्दा सयौं मानिसले अनाहकमा ज्यान गुमाउँदै आएका छन्। फेब्रुअरीमा मात्रै दक्षिण इटालीको क्यालाब्रियाको कट्रोनजिक आप्रवासी बोकेको डुंगा पल्टिँदा कम्तीमा ९४ जनाको मृत्युको भएको थियो।
ग्रिस आप्रवासन मन्त्रालयका अधिकारी यिर्गोस माइकेलिडिसका अनुसार ग्रिसले ठोस इयू आप्रवासन नीतिका लागि पटकपटक आग्रह गरिसकेको छ।
ग्रीस मध्यपूर्व, एसिया र अफ्रिकाबाट शरणार्थी र आप्रवासीका लागि युरोपेली संघमा जाने मुख्य मार्गहरूमध्ये एक हो।
बिबिसीबाट
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
