अमेरिकाको लस एन्जल्सबाट १७ किमि टाढा कार्सन इलाकामा शनिबार गोली चलेको छ। पुल पार्टीमा गोली चल्दा आठ जना घाइते भएका छन्।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूको टाउको र कम्मरमा गोली लागेको छ।
घाइतेको अस्पतालमा उपचार भइरहेको छ।
घटनालाई लिएर प्रहरीले गोली चल्नुअघि झगडा भएको हुन सक्ने अनुमान गरेको छ। यस्तै गोली चलाउने व्यक्तिलाई प्रहरीले छ खोजिरहेको छ।
स्थानीयका अनुसार पुल पार्टीमा गोली चलाउने व्यक्ति बिनानिमन्त्रणा प्रवेश गरेको थियो। पार्टीमा उपस्थित मानिसले उसको परिचय थाहा पाउन खोज्दा उल्टै झगडा गरेको बताइएको छ। यसपछि नै गोली चलेको हुन सक्ने प्रारम्भिक अनुमान छ। छानबिनका लागि अहिले प्रहरीले अबिला स्ट्रिट बन्द गरेको छ।
गन भ्वायलेन्स आर्काइभ रिपोर्टका अनुसार अमेरिकामा २०२३ को जुनसम्म ३०३ सुटिङ (गोली काण्ड) भएका छन्। २००६ देखि हालसम्म ५५६ भन्दा पनि सामूहिक हत्याका मुद्दा दर्ता भएका छन्। यसअघि अप्रिल १६ मा अल्बामामा जन्मदिनको पार्टीमा गोली चलेको थियो। जसमा ६ नाबालिगको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।
३३ करोड जनसंख्यामा ४० करोड गन
नागरिकलाई बन्दुक राख्न दिने विषयमा अमेरिका सर्वाधिक अघि छ। स्विट्जरल्यान्डको स्मल आम्र्स सर्भेको रिपोर्टअनुसार विश्वका कुल ८५.७ करोड सिभिलियन गनमध्ये अमेरिकामा मात्रै ३९.९ करोड गन छन्। विश्वको कुल जनसंख्यामा अमेरिकाको हिस्सा पाँच प्रतिशत छ। तर कुल सिभिलियन गनमध्ये ४६ प्रतिशत अमेरिकाकै छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
