एक ठूलो अपरेशनमा, जर्मन अधिकारीहरूले जर्मनीमा इस्लामवादी आतङ्कवादी सेल स्थापना गरेको आशङ्कामा सात व्यक्तिलाई पक्राउ गरेको अभियोजकहरूले बताएका छन्। पक्राउ परेकाहरूलाई कुख्यात आतङ्कवादी संगठन इस्लामिक स्टेट (आईएसआईएस) लाई सहयोग गरेको आरोप पनि लगाइएको जर्मनीको डिपिए सञ्चार माध्यमले जनाएको छ।
पक्राउ परेकाहरू ताजिकिस्तान, किर्गिजस्तान र तुर्कमेनिस्तानका नागरिक भएको अभियोजकहरूले खुलासा गरेका छन्। उनीहरूलाई पश्चिमी जर्मनीको नर्थ राइन वेस्टफालिया राज्यबाट पक्राउ गरिएको हो । अधिकारीहरूका अनुसार ती व्यक्तिहरू सन् २०२२ मा रुस – युक्रेन युद्ध सुरु भएको लगत्तै युक्रेनबाट जर्मनीमा प्रवेश गरेका थिए।
सम्बन्धित घटनाक्रममा, डच अधिकारीहरूले एउटै समूहसँग सम्बन्ध रहेको विश्वास गरिएको एक पुरुष र तिनकी पत्नीलाई पनि पक्राउ गरेका छन्। हिरासतमा रहेका व्यक्ति कथित आतङ्कवादी सेलको सदस्य भएको आशंका गरिएको छ।
जर्मनीको डिपिए सञ्चार माध्यमले अभियोजकहरूलाई उदृत गर्दै जनाए अनुसार गिरफ्तार गरिएका व्यक्तिहरू इस्लामिक स्टेटको जस्तै शैलीमा हाइप्रोफाइल आतङ्ककारी हमलाहरू गर्ने उद्देश्यका साथ जर्मनीमा प्रवेश गरेका थिए। यी नियोजित आक्रमणहरूको पछाडि सन् २०२२ मा युक्रेनमा रुसको आक्रमणको बदला हो जस्तो देखिन्छ। जर्मन र डच अधिकारीहरूले थप अनुसन्धान सञ्चालन गर्न र कथित आतङ्कवादी समूहको बारेमा थप जानकारी सङ्कलन गर्न सँगै मिलेर काम गरिरहेको डिपिए सञ्चार माध्यमले जनाएको छ।
यी गिरफ्तारीहरूले आतंकवाद विरोधी प्रयासहरूमा एक महत्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्ने र अतिवादी संगठनहरूद्वारा निम्त्याएको खतरासँग लड्न सुरक्षा निकायहरू बीच सतर्कता र अन्तर्राष्ट्रिय सहयोगको लागि जारी आवश्यकतालाई जोड दिने जर्मन अधिकारीहरूको भनाई रहेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
