भारतले संयुक्त राष्ट्र संघीय मानवाधिकार उच्च आयाेग (युएनएचसिआर) मा पाकिस्तानलाई समर्थन गरेको छ। स्विडेनमा कुरान जलाएको विरोधमा पाकिस्तानले युएनएचसिआरमा एउटा प्रस्ताव राखेको थियो। यसमा भारतले पाकिस्तानको समर्थनमा भोट गरेको हो।
सबै इस्लामिक देशसहित युरोपेली संघ, पोप फ्रान्सिस र स्वयं स्विडेनले यो घटनाको निन्दा गरेको थियो। पाकिस्तानले कुरा जलाइएको घटनाविरुद्ध कडा कारबाहीको माग गर्दै प्रस्ताव पेस गरेको थियो। यद्यपि अमेरिका र युरोपेली संघसहित थुप्रै पश्चिमा देशले अभिव्यक्ति स्वतन्त्रताको हवाला दिँदै उक्त प्रस्तावको विरुद्धमा भोट गरेका थिए।
४७ मध्ये १२ सदस्यद्वारा प्रस्तावको विरोध
युएनएचसिआरमा कुल ४७ सदस्य छन्। यसमा अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी) का १९ देश सहभागी छन्। यी सबैले पाकिस्तानको प्रस्तावको समर्थन गरेका छन्। पाकिस्तानले युएनएचसिआरमा यो प्रस्ताव ओआइसी देशको अनुरोधमा लगेको थियो। समर्थन गर्नेमा चीनसमेत रहेको छ। नेपालसहित अन्य सात देश भने तटस्थ बसेका छन्।
युएनएचसिआरमा प्रस्तावमाथि बहस गर्दै इस्लामिक देशले कुरान जलाउनुले घृणा फैलाउने दाबी गरेका थिए। अभिव्यक्ति स्वतन्त्रताको नाममा यस्ता खालका घटनालाई प्रोत्साहन गर्न नसकिने उनीहरुको भनाइ थियो। प्रस्ताविरुद्ध भोट गर्नेमा बेलायत, बेल्जियम, जर्मनी, रोमानिया, लिथुआनिया, कोस्टारिका र फिनल्यान्ड छन्।
स्विडेनमा इदमा जलाइएको थियो कुरान
स्विडेनमा ईद अल अजहाको अवसर पारी स्कटहोमको एउटा मस्जिदबाहिर एक व्यक्तिले कुरान जलाएर प्रदर्शन गरेका थिए। यसका लागि उसलाई स्विडेन सरकारको अनुमति प्राप्त थियो। समाचार संस्था सिएनएनका अनुसार अभिव्यक्ति स्वतन्त्रताअन्तर्गत एक दिनका लागि प्रदर्शन गर्न अनुमति दिइएको थियो। यो कार्यमा एक जना व्यक्ति अनुवादकसहित सहभागी भएका थिए।
प्रदर्शन गर्ने व्यक्तिले कुरानका केही पाना च्यातेर त्यसमा आगो लगाएका थिए। त्यसपछि उनले स्विडेनको झन्डा फर्फराएका थिए। यो विरोधलाई नजिकबाट हेरिरहेका केहीले पक्ष र केहीले विपक्षमा नाराबाजीसमेत गरेका थिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
