२०२२ डिसेम्बरमा पद सम्हालेका चिनियाँ विदेशमन्त्री क्विन गाङबारे अहिलेसम्म कुनै खबर छैन। दुई हप्ताअघि विदेश मन्त्रालयले उहाँको स्वास्थ्यस्थिति खराब रहेको बताएको थियो। यसलाई लिएर चीनकै सामाजिक सञ्जालमा विभिन्न खालका अफवाह फैलिएका छन्।
केही सञ्चारमाध्यमले चिनियाँ राष्ट्रपति सी जिनपिङले छिटै मा झाओसुलाई नयाँ विदेशीमन्त्री बनाउन सक्ने लेखेका छन्। हाल उनी उच्च कूटनीतिज्ञ हुनुहन्छ र विदेश मन्त्रालय दोस्रो वरियतामा हुनुहुन्छ
इन्डोनेसियाबाट सुरु भएको समस्या
दुई हप्तअघि इन्डोनेसियामा एउटा सम्मेलन भएको थियो। त्यसमा भाग लिने सबै पदाधिकारीलाई परम्परागत पोसाक तयारी बनाइएको थियो। भारतका विदेशमन्त्री जयशंकर पनि त्यहाँ उपस्थित थिए। तर चीनले आयोजकलाई विदेशमन्त्री गाङको स्वास्थ्य प्रतिकूल भएका कारण उपस्थित हुन नसक्ने जानकारी दियो।
वास्तवमा यो घटनाभन्दा निकै अगाडिदेखि गाङ सार्वजनिक रूपमा देखिनुभएको छैन। यस्तै विदेश मन्त्रालयले पनि यसबारे केही बताउन चाहेको छैन। यस्तोमा प्रश्नहरू जन्मिनु स्वाभाविक हो। तर अन्य देशका उच्च अधिकारीसँग कूटनीतिकस्तरको वार्ता कसले गर्ने भन्ने अन्योल बनेको छ। चीनले आगामी महिना साउथ अफ्रिकामा हुने ब्रिक्स देशको सम्मेलनमा कसलाई पठाउँछ भन्ने पनि स्पष्ट छैन।
समाचार संस्था रोयटर्सका अनुसार चीनमा यस्तो विषय नयाँ होइन। तर जसरी उसले विश्वलाई दबदबामा राख्ने कोसिस गरेको छ र अर्कातिर गाङ बेपत्ता हुनेजस्ता खबर आउँछन् त्यतिबेला भने पारदर्शितामाथि प्रश्न स्वाभाविक रूपमा उठ्छ।
यो पनि पढ्नुहाेस्ः
कहाँ ‘गायब’ भए चिनियाँ विदेशमन्त्री गाङ?
वासिंटनमा डाइरेक्टर अफ चाइन प्रोगामका युन सुनले गाङको अनुपस्थितिले गम्भीर प्रश्न उठेको बताउनुभयो। यसले चीनप्रतिको विश्वासलाई असर पार्ने उहाँको भनाइ छ। यता बिहीबार विदेश मन्त्रालयका प्रवक्ताले गाङबारे आफूलाई केही जानकारी नभएको बताउनुभएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यका अनुसार सीले छिटै मा झाओसुलाई विदेशमन्त्री नियुक्त गर्नेछ। ५९ वर्षीय झाओसु लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर र उप–विदेशमन्त्री हुनुहुन्छ। गाङझैं झाओसुलाई पनि राष्ट्रपति सीको विश्लासिलो पात्रका रूपमा हेरिन्छ।
अफवाहकै बीचमा कतिले गाङ टिभी एंकर जियोतियानसँग प्रेमसम्बन्धमा रहनुभएको र त्यही कारणले उहाँलाई हटाइएको भनेका छन्। जितोतियान अहिले चीन छोडेर अमेरिका पुग्नुभएको दाबीसमेत गरिएको छ। गाङ २०२२ मा अमेरिकाका लागि चिनियाँ राजदूत हुनुहुन्थ्यो। जितोयिनले उहाँको अन्तर्वार्ता लिनुभएको र त्यहीबेलादेखि दुवैबीच प्रेम सुरु भएको पनि केही पश्चिमा मिडियाले उल्लेख गरेका छन्। गाङसहित जियोतियान पनि टिभी स्क्रिनबाट गायब हुनुभएको छ। २५ जुन पनि उहाँको सार्वजनिक झलक देखिएको छैन। क्याम्ब्रिजबाट स्नातकोत्तर गर्नुभएकी उहाँ चीनकी महँगी टिभी एंकर मानिनुहुन्छ।
बेलायती अखबार ‘डेली मेल’ ले गाङ–जियोतियानको सम्बन्ध मार्च २०२२ मा सुरु भएको लेखेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जापानको आर्थिक वृद्धिदर सुस्त
- हिउँद नलाग्दै सुक्न थाले खोला
- गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन : अदालत
- पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
- राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता
- कोप–२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
- महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार
- पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल
- कोप२९ मा नेताहरूको मतभेदबीच उत्सर्जनलाई लिएर कडा चेतावनी
- वार्ताका लागि राष्ट्रसङ्घका आणविक प्रमुख इरान प्रस्थान