अमेरिकाले पाकिस्तानको अर्थतन्त्र लयमा ल्याउन असम्भव नरहेको बताएको छ। यसका लागि पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले दिएका सर्त मान्नुका साथै उसले भनेअनुसारका कार्यक्रम पनि लागू गनुपर्ने अमेरिकाको भनाइ छ। आइएमएफको प्याकेजले तत्काल राहत भएको अमेरिकाले जनाएको छ।
गत महिना आइएमएफले पाकिस्तानलाई विभिन्न सर्तसहित तीन अर्ब डलर कर्जा दिने फैसला गरेको थियो। पाकिस्तानले पाउने कर्जा विदेशी ऋणको किस्ता तिर्दैमा जाने पनि बताइएको छ।
अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसिया डेस्की इन्चार्ज एलिजाबेथ होस्र्टले पाकिस्तानको अर्थतन्त्र सुधार हुने कुनै जादू नभएको बताएकी छिन्। ‘यसमा समय लाग्न सक्छ। आइएमएफले दिएका सर्त पनि मान्नुपर्ने हुन्छ। त्यसो भएको खण्डमा मात्रै बिस्तारै पाकिस्तान आर्थिक संकटबाट बाहिर निस्कन सक्छ।’
आफूहरूले आइएमएफ कार्यक्रको समर्थन गर्ने बताउँदै इन्चार्ज एलिजाबेथले पाकिस्तानले तत्कालको राहत पाएको र दीर्घकालीन राहत चाहने भए आइएमएफको कार्यक्रमअनुसार चल्नुपर्ने बताएकी छिन्।
पहिलोपटक तथ्यांक सार्वजनिक गर्दै एलिजाबेथले सन् २०२२ मा पाकिस्तानले २५ करोड अमेरिकी डलर लगानी गरेको र यसले २० हजार नयाँ रोजगारी सिर्जना गरेको बताइन्। साथै २१ करोड ५० लाख विपद् व्यवस्थापनमा खर्च गरेको उनको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
- मेलम्चीको पानी वितरण विस्तार
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
