यही सेप्टेम्बर ९–१० सम्म भारतको भएको जी–२० शिखर सम्मेलन सफल भएको भन्दै विश्वले भारतको सराहना गरेको छ । भारत विश्वकै तीव्र गतिमा अगाडि बढिरहेको तेस्रो ठूलो अर्थतन्त्र बनेको छ । यसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) देखि विश्व बैँकसम्मले स्वीकार गरेका छन् । जी–२० मा भारतको प्रस्तावमाथि एकपछि अर्को सदस्य देशले अनुमति दिए । त्यसमाथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोहर लगाउनुभयो ।
२०४७ सम्म विकसित देश
प्रधानमन्त्री मोदीले भारतीय अर्थतन्त्रबारे जुन सपना देख्नुभएको छ, त्यसको उल्लेख उहाँ स्वयम् र उहाँ नेतृत्वको सरकारका मन्त्रीहरुले विभिन्न मौकामा गर्नुभएको छ । तीमध्ये एउटा हो, सन् २०४७ सम्म विकसित देशको सूचीमा पुग्नु र आगामी ५–६ वर्षमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नु ।
आज भारतमा अर्थतन्त्रको रफ्तार यो लक्ष्य पछ्याउनतिर अग्रसर छ । विभिन्न वैश्विक निकायले पनि प्रधानमन्त्री मोदीका यी सपनामा ठप्पा लगाइदिएका छन् । जी–२० मा सहभागी हुन आएकी आइएमएफकी डिपुटी म्यानेजिङ डाइरेक्टर गीता गोपीनाथले वैश्विक इन्जिनका रुपमा भारतको भूमिकालाई नर्कान नसकिने बताउनुभएको छ ।
चार वर्षमा तेस्रो ठूलो अर्थतन्त्र
गोपीनाथका अनुसार २०२७–२८ सम्म भारत तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ । उहाँका अनुसार आगामी वर्षमा वैश्विक विकासमा भारतको भूमिका महत्वपूर्ण हुनेछ र वैश्विक वृद्धिमा देशको योगदान १५ प्रतिशत जति पुग्नेछ । यद्यपि यसका लागि श्रम बजारमा सुधार, व्यापारमा सहजता, शिक्षाको गुणस्तरीयता र महिला श्रम शक्तिको हिस्सा बढाउन जोड दिइएको छ ।
६ प्रतिशतको वृद्धि अनुमान
गोपीनाथका अनुसार भारतको वृद्धिबारे जारी गरिएको तथ्यांकमा अविश्वास गर्नुपर्ने कुनै कारण छैन । भारतीय अर्थतन्त्र अघि बढिरहेको भन्दै गोपीनाथले चालू आर्थिक वर्षमा ६ प्रतिशतभन्दा बढीको वृद्धि अनुमान गर्नुभएको छ । साथै विकासको स्तर उच्च बनाइराख्न र निजी लगानीलाई आकर्षित गर्न संरचनात्मक सुधार आवश्यक रहेको पनि बताउनुभएको छ ।
जापान र जर्मनीभन्दा अगाडि भारत
आइएमएफले यसअघि भारतीय अर्थतन्त्रको अवस्थालाई लिएर आफ्नो प्रक्षेपण सार्वजनिक गरिसकेको छ । आइएमएफका अनुसार २०२७ सम्म भारतले जापान र जर्मनीजस्ता देशलाई पछि पार्दै भारत विश्वकै ठूलो अर्थतन्त्रको सूचीमा तेस्रो स्थानमा पुग्नेछ । २०१४–२०२३ सम्मको अवधिमा भारतले नयाँ लक्ष्य हासिल गरिसकेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कोभिड खोपको प्रविधिका जनक क्याटालिन क्यारिको र ड्र्यू वेइसम्यानलाई चिकित्साको नोबेल पुरस्कार
- ठूला शक्तिले गरे जासुसी नेटवर्क विस्तार, अमेरिका–चीनको नजर फौजी क्षमतामाथि
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- २०७९ को मदन पुरस्कार ‘ऐंठन’ उपन्यासलाई
- आन्दोलनको जग र दबाबमा बनेका आयोगको प्रभावकारिता कम भयो : सभामुख घर्ती
- चिकित्सकसँग सहमति, आन्दोलन फिर्ता, कुटपिट गर्नेलाई कम्तीमा तीन वर्ष थुन्ने व्यवस्था गरिने
- किन पक्राउ परे हिरो अनमोल केसी?
- विश्व मुटुराेग दिवस : कसरी बच्न सकिन्छ हृदयघातबाट?
- २०२० मा क्यान्सरबाट मात्रै ५३ लाखले गुमाए ज्यान, ७० प्रतिशतलाई बचाउन सकिन्थ्यो
- प्राथमिकतामा अनलाइन स्पेस