अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्न दौडिरहेका भारतीय मूलका अमेरिकी विवेक रामास्वामीको एक वक्तव्यले चुनावी माहौललाई ताताएको छ। रामास्वामीले सन् २०२४ को चुनाव जितेमा ७५ प्रतिशतभन्दा बढी संघीय सरकारी कर्मचारीलाई बर्खास्त गर्ने र एफबीआई जस्ता धेरै प्रमुख एजेन्सीहरू बन्द गर्ने बताउनुभएको छ। उहाँले आफू सत्तामा आए पहिलो वर्ष नै सरकारी कर्मचारीको संख्या ५० प्रतिशतले घटाउने अभिव्यक्ति दिनुभएको हो।
कर्मचारी व्यवस्थापन कार्यालय (ओपीएम) का अनुसार, संघीय सरकारमा अनुमानित २२ लाख मानिस काम गर्छन्। रामास्वामीको योजनाले यो संख्यालाई झन्डै आधाले घटाउनेछ अर्थात् अनुमानित ११ लाख संघीय कर्मचारीहरू हट्नेछन्। उहाँले सेना, कानून प्रवर्तन, खुफिया, र राष्ट्रिय सुरक्षा कर्मीहरू, साथै वश्यक स्वास्थ्य सेवा र सामाजिक सेवाकर्मीहरूलाई आफ्नो कटौतीबाट छुट दिने पनि बताउनुभएको छ। आफूरुले पहिलो वर्षको अन्त्यसम्म हेडकाउन्ट ५० प्रतिशतले घटाउन चाहेको रामास्वामीले भनाइ छ।
अमेरिकी समाचार वेबसाइट एक्सियोसलाई दिएको अन्तर्वार्तामा रामास्वामीले आफ्नो लक्ष्य शिक्षा विभाग, एफबीआई, एक्साइज, तमाखु, हतियार र विस्फोटक ब्युरो, आणविक नियामक आयोग, आन्तरिक राजस्व सेवा, र वाणिज्य विभाग हुने बताउनुभयो। ‘हामी पहिलो दिनबाट सुरु गर्नेछौं, र हामी पहिलो वर्षको अन्त्यसम्म हेडकाउन्ट ५० प्रतिशतले घटाउन चाहन्छौं,’ रामास्वामीको भनाइ छ।
अन्तर्वार्ताका क्रममा उहाँले भन्नुभयो, ‘कर्मचारीमध्ये ३० प्रतिशत आगामी ५ वर्षमा अवकाशको उमेरमा पुग्छन् भन्ने कुरामा ध्यान दिनुपर्छ। त्यसैले यो जायज छ। यसमा कुनै शंका छैन। तर सुन्दा जस्तो अनौठो छैन।’
एक्सियोसका अनुसार रामास्वामीले आफ्नो लक्ष्य ४ वर्षभित्र २२ लाख कर्मचारीमध्ये ७५ प्रतिशत हटाउने बताउनुभएको हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
