सरकारी बेवास्ता र अव्यवस्थापनको सिकार भएको महाराष्ट्रको नान्देडस्थित एक सरकारी अस्पतालमा सोमबार २४ घण्टाभित्र २४ जना बिरामीले ज्यान गुमाएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार मृत्यु हुनेमा अन्य अस्पतालबाट गम्भीर अवस्थामा ल्याइएका १२ नवजात शिशु पनि छन् ।
भारतीय सञ्चार माध्यमले जनाए अनुसार तीमध्ये अधिकांशको मृत्यु अस्पतालमा औषधीको अभावका कारण भएको हो भने उक्त अस्पतालमा जनशक्तिको पनि अभाव छ।
भारतीय सञ्चार माध्यम प्रेस ट्रस्ट अफ इन्डिया- पीटीआईका अनुसार, प्रदेश सरकारले छानबिन सुरु गरी मङ्गलवारसम्म प्रतिवेदन बुझाउन विज्ञ टोली नियुक्त गरेको छ।
मृत्यु भएका नवजात शिशुमा सर्प दंश, विषाक्तता, सुत्केरी हुने जस्ता विभिन्न स्वास्थ्य समस्या रहेको अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु भएका अन्य १२ वयस्क हृदयाघात, विषाक्त खाना, मिर्गौला रोग र दुर्घटनाजस्ता विभिन्न रोगबाट पीडित थिए। नान्देडको सरकारी अस्पताल ८० किलोमिटर वरपर अर्को कुनै अस्पताल छैन।
पीटीआईको रिपोर्ट अनुसार, उक्त डॉ. शंकरराव चव्हाण सरकारी मेडिकल कलेज तथा अस्पतालका सुपरिटेन्डेन्ट डा एसआर वाकोडेले औषधीको आपूर्तिकर्ता कम्पनी हाफकिन इन्स्टिच्युटसँगको केही विवादका कारण अस्पतालले अत्यावश्यक र जीवन बचाउने औषधिको अभाव भएको स्वीकार गरेका छन् । अस्पताल नजिकैका जिल्लाका बिरामीको भिडभाड भएको र सरुवाका कारण केही कर्मचारी बेपत्ता भएको पनि उनले बताएको सञ्चार माध्यमले जनाएका छन् ।
यस घटनाले जनता र विपक्षी दलहरूबाट आक्रोश र आलोचना फैलाएको छ, जसले भाजपा सरकारले स्वास्थ्य क्षेत्रलाई बेवास्ता गरेको र अस्पतालको लागि पर्याप्त कोष र कर्मचारी उपलब्ध नगरेको आरोप लगाएको छ।
काँग्रेस नेता राहुल गान्धीले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै भाजपाले बच्चाहरूको लागि औषधिको सट्टा प्रचारमा किन पैसा खर्च गरिरहेको छ भनेर प्रश्न गरेका छन्।
राज्यका चिकित्सा शिक्षा मन्त्री हसन मुश्रीफले अस्पतालको अवस्था बुझ्न आफैँ गएर हृदय विदारक घटनालाई सम्बोधन गर्न पहल गरिने प्रतिबद्धता जनाएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान
- शेन्झाउ–१९ दलद्वारा अन्तरिक्ष स्टेशनमा नयाँ प्रयोगको सुरूवात
- मुस्ताङ
- सूर्योदय