एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको छ। नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो।
यस वर्ष ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ पोल्ट्री दिवस मनाइएको हो। महोत्सवका अवसरमा कुखुराको मासु र अण्डा निःशुल्क वितरण गरिएको थियो। नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको मासु र अण्डाको महत्व बुझाउन नसक्दा खपत बढाउन नसकिएको बताउनुभयो। कुखुराको मासु र अण्डाको महत्व विद्यालय स्तरबाट बुझाउन सके फलदायी हुने उहाँको भनाइ थियो।
मञ्चका अध्यक्ष रघुनाथ भट्टले पछिल्लो समय देखिएको आर्थिक मन्दीले कुखुरा व्यवसायीहरुमा असर पारेको बताउनुभयो। यो समयमा कुखुराको मासु र अण्डाको प्रयोग बढाउन सके केही हदसम्म राहत पुग्ने उहाँले बताउनुभयो। स्वास्थ्यका लागि सेतो मासु फलदायी हुने जनाउँदै उहाँले सबै खाले रोगीका लागि उपयुक्त हुने अण्डाको महत्व बुझाउन जरुरी रहेको बताउनुभयो।
दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमको समेत समापन गरिएको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अण्डा र कुखुराको मासुको महत्व बारेमा जानकारी गराइएको थियो। यस क्रममा २६ सरकारी विद्यालयका एक हजार नौ सय ४७ जना विद्यार्थीलाई अण्डा र मासुको महत्वबारे जानकारी गराइएको छ। महोत्सव सहित दिवसका अवसरमा मंगलबार रक्तदानसमेत गरिएको छ। कार्यक्रमअघि मञ्चको कार्यालय भरतपुरबाट कार्यक्रम स्थलसम्म प्रभातफेरीसमेत गरिएको थियो। विसं २०१७ पुस १७ गते बाराको परवानीपुर सेन्ट्रल ह्याचरीको शुभारम्भपछि नेपालमा आधुनिक पोल्ट्रीको सुरुआत मानिँदै आएको छ। यही मितिलाई पोल्ट्री दिवसका रुपमा मनाउँदै आइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुसी राष्ट्रपति पुटिनको भारत भ्रमण: रणनीतिक साझेदारीको नयाँ अध्याय
- नेपाल प्रिमियर लिग क्रिकेट : सुदूरपश्चिम क्वालिफायरमा, काठमाडौँ प्लेअफमा, आज लुम्बिनी-जनकपुर भिडन्त हुँदै
- महानगरपालिकाले जाँच्दैछ मेयर–कर्मचारीको बडी फ्याट र मधुमेह !
- फागुन २१ को निर्वाचन : आयोगको पूर्ण कार्यसूची सार्वजनिक
- भारत सरकारको सञ्चार साथी एप प्रि -इन्स्टल आदेश फिर्ता : गोपनीयताको चिन्ताले चर्कियो बहस
- मुस्ताङको स्याउको कमाल : ६४४ टन कम फल्दा पनि १६ करोड बढी आम्दानी
- तनहुँ र गुल्मीमा सुन्तला उत्पादनले किसानलाई राहत, तर चुनौतीहरू कायम
- नेपाल प्रिमियर लिग : हिजो लुम्बिनीको शानदार जित, आज दुई रोमाञ्चक खेल हुँदै
- आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै
- वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने