अरनिको स्मृति दिवसमा कलाकार र कलालेखकहरू सम्मानित

राष्ट्रिय विभूति अरनिको स्मृति दिवसका अवसरमा कलाकार र कलालेखकहर सम्मानित तथा पुरस्कृत भएका छन् । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल व्यावसायिक कलाकार सङ्घद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा, विजय थापा, सन्तकुमार शाक्य, श्यामबहादुर श्रेष्ठसहित १५ जना सम्मानित तथा पुरस्कृत भएका हुन् । सोही समारोहमा ‘नारायणदेवी कला लेखन पुरस्कार’ कला लेखक तथा निबन्धकार ज्ञानेन्द्र विवशलाई प्रदान गरिएको थियो ।

विवश स्वतन्त्र समाचार अनलाइनका स्तम्भ लेखकसमेत हुनुहुन्थ्यो । त्यसै गरी मूर्तिकलामा लक्ष्मण भुजेल, चित्रकलामा सुजनवीर बज्राचार्य, ग्राफिक्स डिजाइनमा प्रकाश थापा ‘प्रथा’ लगायत मोफसलका कलाकारहरू महेन्द्र राई, गणेश लामा ‘आँसु’, श्रवणकुमार चौधरी आदि लाई उपमेयरले सम्मान पत्रसहित पुरस्कार प्रदान गरेकी थिइन् ।

उपमेयर डङ्गोलले पुरस्कारदाताहरूलाई राष्ट्रिय विभूति अरनिको आकृति अङ्कित मायाको चिनो पनि प्रदान गरेकी थिइन् । कलाकारहरूलाई सम्मान पत्रसहित नगद राशिको शैली र फूलमाला अर्पण गरिएको थियो । विभिन्न दाताहरूले स्थापना गरेको १५ वटा पुरस्कार तथा सम्मान १५ जना कलासर्जकहरुलाई सोही समारोहमा प्रदान गरिएको थियो ।

कार्यक्रममा सङ्घका अध्यक्ष आईबि मल्ल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, भोला पौडेल, रोशन श्रेष्ठले आ–आफ्नो मन्तव्य प्रकट गरेका थिए । पुरस्कृतहरूका तर्फबाट कलाकार लक्ष्मी लामिछानेले आभार प्रकट गरेकी थिइन् । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link