कृषि क्षेत्रको समस्या न्युनिकरण गर्न वैज्ञानिकहरूको भेला सुरु

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन बाली तथा बागवानी प्रविधि तथा वैज्ञानिकहरू बिच  बुधवार देखि छलफल सुरु भएको छ । कृषि अनुसन्धान निर्देशनालय परवानीपुरमा मुलुकभरिका वैज्ञानिक तथा प्राविधिक अधिकृतहरूको भेला सुरु भएको हो  । 

पाँच दिनसम्म चल्ने बाली तथा बागवानी अनुसन्धान कार्य गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि कार्यकारी अनुसन्धान निर्देशक डाक्टर ध्रुवराज भट्टराईले कृषि क्षेत्रलाई अझ प्रभावकारी बनाउन पर्ने आवश्यकता रहेको बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी अनुसन्धान निर्देशक भट्टराईले कृषि क्षेत्रमा बढ्दै गएको आयातलाई निरुत्साहित बनाउन यो भेला फलदायी हुने धारणा व्यक्त गर्नुभयो । 

उहाँले वाली तथा बागवानीमा देखा पर्ने समस्याहरूको सही पहिचान गरी साधनाको लागी कार्यक्रमका योजना तर्जुमा गर्न यो भेलाका सहभागीहरूको लागी धेरै फलदायी हुने आशा व्यक्त गर्नुभयो । नेपाल कृषि अनुसन्धान परिषद्का वालि तथा बागवानी निर्देशक डाक्टर टिका बहादुर कार्कीको अध्यक्षतामा गोष्ठीको उद्घाटन सत्र सम्पन्न भएको थियो ।

मुलुकभरिको सात वटा बाली तथा बागवानी अनुसन्धान कार्यालयहरूले संयुक्त आयोजना गरेको उक्त राष्ट्रिय गोष्ठीमा लगभग २ सय भन्दा बढी कृषि प्राविधिक अधिकृत एवम् वैज्ञानिकहरूको सहभागिता रहेको जानकारी गराइएको थियो ।

पाँच दिनसम्म चल्ने गोष्ठीले धान, मकै, गहुँ, तेलहन, जुट र पहाडी वाली तथा बागवानीका देखा पर्ने समस्या जस्तै चिसोमा मुसुरो रोग, बर्सेनि दुई धान वाली लगायतका वाली तथा बागवानीमा देखा पर्ने समस्याहरूको पहिचान गरी त्यसको समाधानको लागी सरकारको नीति अनुसार विभिन्न कार्यक्रमहरूको योजना गर्ने कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमुख डाक्टर बिपी यादवले बताउनुभयो । 
उहाँले मुलुकको ७० प्रतिशत भन्दा बढी कृषि क्षेत्र ओगटेको मधेस प्रदेशमा भइरहेको कृषि वैज्ञानिकहरूको राष्ट्रिय भेलाबाट कृषि क्षेत्रलाई अझ प्रभावकारी बनाउने आशा व्यक्त गर्नुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link