यमनी बन्दरगाह शहर होडेडाहमा संयुक्त राज्य अमेरिका र बेलायतका लडाकु विमानहरूले सोमबार हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले जनाएको छ। होडेडाह शहरको रणनीतिक रेड सी बन्दरगाहलाई निशाना बनाई अल-काथीब क्षेत्रमा दुईवटा हवाई बमबारी भएको बताएको छ।
स्थानीय सञ्चार माध्यमले जनाए अनुसार आक्रमणमा सर्वसाधारणको निधन भएको बताइएको छ भने केही घाइतेहरूलाई तत्काल चिकित्सा उपचारको लागि नजिकैका अस्पतालहरूमा लगिएको छ।
विगतका घण्टाहरूमा, हुथीको मिडिया आउटलेटहरूले सैन्य स्रोतलाई उद्धृत गर्दै पुष्टि गरे अनुसार “अमेरिकी-ब्रिटिश आक्रमणकारी विमानले आइतबार राति होडेडाहका गभर्नरेटहरूमा १५ वटा आक्रमणहरू गरेको बताइएको छ।”
पछिल्लो हवाई आक्रमणहरू जनवरी १२ देखि वाशिंगटन र लन्डनद्वारा जारी सैन्य प्रतिक्रियाको एक हिस्सा हो। साना र अन्य उत्तरी प्रान्तहरूको हुथी-नियन्त्रित क्षेत्रहरूलाई लक्षित गर्दै आक्रमण जारी राखिएको छ। अन्तरराष्ट्रिय कारबाहीहरू लाल सागरमा व्यापारिक ढुवानीमा हुथी आक्रमणको बदलाको रूपमा गरिएको बताइएको छ।
गत नोभेम्बरदेखि लाल सागर, बाब अल-मन्डब स्ट्रेट र अडेनको खाडीमा सैन्य कारबाहीमा संलग्न हुथीहरूले इजरायली जहाजहरू र इजरायल जाने जहाजहरूलाई निशाना बनाएको दाबी गरिएको छ।
गाजामा अक्टोबरदेखि चलिरहेको युद्धको पृष्ठभूमिमा यी कार्यहरू विकास भएको देखा परेका छन्। साथै स्थिति तनावपूर्ण बन्दै गएको छ तर दुवै पक्षले तनाव कम गर्ने कुनै सङ्केत देखाएको छैन।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- एआई नियमनका लागि प्रस्तावित संयुक्त राष्ट्रसङ्घीय ढाँचामा लोकतान्त्रिक सहभागिता र निगरानी आवश्यक
- पहेँलपुर सलकपुरमा सुन्तला र पर्यटनको दोहोरो बहार
- दोस्रो हाफमा पाँच गोल गर्दै रियल मड्रिडको सानदार जित, च्याम्पियन्स लिगमा अपराजित यात्रा कायमै
- आज महिला हिंसा उन्मूलन दिवस
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- मौसम पूर्वानुमान: आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली, बिहीबार बिहान तराईमा हुस्सु
- मेसिनले सहज बनाएको पुर्ख्यौली सीप : माटोमै भविष्य खोज्दै श्रीराम
- दमौली जानुपर्ने बाध्यताको अन्त्य, शुक्लागण्डकीबाटै करसम्बन्धी सेवा
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- देशभर आज मौसम मुख्यतया सफा, केही क्षेत्रमा आंशिक बादल