मकवानपुरमा एकैदिन चार पालिकाबाट चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ। सिबिन बाल हेल्पलाइनका अनुसार कैलाश गाउँपालिका, मनहरि गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा हुन लागेको बालविवाह रोकिएको हो। एकैदिन चार बालविवाह रोकिएको बाल हेल्पलाइनका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो।
कैलाश–३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका–३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो। मनहरि–४ की १५ वर्षीया बालिका र हेटौँडा–३ बसामाडीका १८ वर्षीय युवकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ।
यस्तै मकवानपुरगढी–२ की १८ वर्षीया र हेटौँडा–१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले बताउनुभयो। बालविवाह हुन लागेको सूचना प्राप्त भएपछि अनुगमन गर्दा रोक्न सफल भएको उहाँको भनाइ छ। सबैभन्दा बढी कैलाश र राक्सिराङमा बालविवाह हुने गरेको ज्ञवालीले बताउनुभयो। यातायात र सञ्चार पहुँच नहुँदा बालविवाह ती पालिकामा बढी हुने गरेको उहाँको भनाइ छ।
चारै १३, १४, १५ र १८ वर्षीया बालबालिकालाई थप परामर्शका लागि सिबिन बाल हेल्पलाइनको संरक्षणमा राखिएको बाल हेल्पलाइन कार्यक्रम अधिकृत सम्झना अधिकारीले जानकारी दिनुभयो। जनप्रतिनिधि, अभिभावक, बालबालिका र बाल हेल्पलाइन मकवानपुर, हिमराइट्स् मकवानपुर तथा प्रहरीको संयुक्त टोलीले बालविवाह रोकेको उहाँले बताउनुभयो।
कानुनी प्रावधानबमोजिम २० वर्ष पूरा भएपछि मात्र विवाह गर्ने प्रतिबद्वता बालबालिकाले जनाएका छन्। अभिभावकले पनि बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
