रोल्पा जिल्लाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले झाडु लगाएर मन्दिर परिसर सरसफाइ गर्नुभएको छ। मङ्गलवार एकाबिहानै डिएसपी सारुमगरको अगुवाइमा तीस जना भन्दा बढी प्रहरी कर्मचारी सरसफाइका लागि हात हातमा झाडु लिएर निस्किएका थिए। हाकिम आफै सरसफाइ अभियानमा निस्किएपछि अन्य प्रहरी कर्मचारीहरूमा समेत थप उत्साह देखिन्थ्यो। यहाँ त प्रहरी प्रमुख हुनुहुन्छ नि, जनताको शान्ति सुरक्षा यहाँको प्रमुख दायित्व हो।
किन झाडु समातेर निस्कनु भयो भन्ने प्रश्नको जवाफमा उहाँले मुस्कुराउँदै भन्नुभयो “काम सानो या ठुलो भन्ने हुँदैन। हामी जनताका साथी हौँ। शान्ति सुरक्षा हाम्रो प्रमुख दायित्व हो यस बाहेक समुदायसँग साझेदारी गर्नु समाजमा रहेका सबै खाले काम गर्नु हाम्रो कर्तव्य हो त्यसैले हामीले जनतासँग सहकार्य गरेर अघि बढ्दै पर्छ” उहाँको सटिक जवाफ थियो। नेपाल प्रहरी श्रीमती सङ्घ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रोल्पाको सहकार्यमा रोल्पा नगरपालिका वडा नं. ४ लिवाङमा रहेको शिवालय मन्दिर परिसरमा सरसफाइ गरिएको हो।
बजार क्षेत्रमा अवस्थित रहेको हुँदा मन्दिर परिसर फोहर भएको थियो। डिएसपी सारुमगरसँगै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर डाँगी, अपाङ्ग कल्याण समाज रोल्पाका अगुवा दिनेश आचार्य लगायत अन्य स्थानीय बासिन्दाले समेत सरसफाइ अभियानलाई साथ दिएका थिए। आउँदै गरेको महाशिवरात्रीलाई लक्षित गर्दै मन्दिर परिसर सरसफाइ गरिएको हो। जिल्लामा सुस्ताउँदै गएको सरसफाइ अभियानलाई यो कार्यक्रमले झकझकाउने छ भन्ने आशा लिइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
