सन् १९८४ मा भारतको छ हप्ताको यात्रापछि ओल्गा मरे नेपालको दुर्गम हिमाली गाउँहरू हुँदै पैदल यात्रा गर्न नेपाल आइन्।
पेशाले वकिल ५९ वर्षीय मरेले नेपालमा अति नै रमणीय भौगोलिक बनावट र मनमोहक दृश्यहरूका साथै नेपाली मानिसहरू मित्र भावना र अथितिलाई सत्कार गर्ने भेटिन्। तर पोखरादेखि सिक्लससम्मको दुर्गम पहाडी पदयात्राको क्रममा उनले भेटेका बच्चाहरूले उनलाई मोहित बनाए र यिनै बच्चाहरूको कारणले उनले आफ्नो जीवन परिवर्तन गरिन्।
“ती बच्चाहरू मैले अनुभव गरेभन्दा अझ बढी गरिब थिए- फोहर, फाटेको लुगा लगाएको, कुपोषित र कुनै पनि खेल्ने साधन वा खेलौना नभएका” – मरेले आफ्नो आत्माकथा लेखेकी छन्। “यति हुँदाहुँदै पनि तिनीहरू संसारभरिकै सबैभन्दा आनन्दित, हसिरहने र मिलनसार साना बच्चाहरू थिए। यी बच्चाहरूको कुनै दिन स्कुल जाने नै सबैभन्दा ठूलो इच्छा थियो।
आफ्नै घुमाइको क्रममा ओल्गा मरे एक रात एउटा झुपडीमा जाँदा उनले तीन बच्चाहरूलाई भेटिन्। कुरा गर्दै जाँदा उनका बाबुले यो बच्चाहरूले शिक्षा प्राप्त गर्न दुई घण्टा कठिन पहाडी बाटो हिँडेर जान पाउनु नै भाग्यमानी भएको बताए। झुपडीको फोहोर भुइँमा बसेर मैनबत्तीको उज्यालोमा केटाकेटीहरूले गृहकार्य गरिरहेको देख्दा मरेमा एउटा सोच आयो ।
“अचानक बिजुलीको क्षणझैँ मलाई ज्ञात भयो कि म मेरो बाँकी जीवनसम्म के गर्न चाहन्छु” – उनले आत्माकथामा लेखिन्। “त्यतिबेला मैले आफूले अबका दिनबाट नेपाली बालबालिकालाई शिक्षा दिने बाटो खोज्ने वाचा गरे।“
ओल्गा मरेले आफ्नो आगामी ४० वर्ष हजारौं नेपाली बालबालिकाहरूको लागि समर्पित गरिन्। सन् १९८५ को आफ्नो भ्रमणको क्रममा मरेले चार अनाथ केटाहरूलाई कलेजको छात्रवृत्तिको रुपमा १२०० डलर उपलब्ध गराइन्।
सन् १९८९ मा उनले सह-स्थापक भएर नेपाल युवा प्रतिष्ठान स्थापना गरी भोकमरी हटाउन पोषण केन्द्रहरू निर्माण गरिन्। मरेले प्राय गरिब किसानका बाबुहरूद्वारा धनी नेपाली परिवारकोमा दासत्वको रुपमा बेचिएका हजारौं नेपाली बालिका र युवतीहरूको उद्धार गरिन्।
“यी परिवारहरूले आफ्ना छोरीहरूलाई माया गर्छन् तर उनीहरूलाई भोकै बस्न दिनु भन्दा टाढा पठाउनु राम्रो भन्ने लाग्छ” – मरेले सन् २००९ मा द सान फ्रान्सिसको क्रोनिकललाई भनेकी थिइन्।
सन् २००१ मा दलाई लामाद्वारा “अनुकम्पाको अनुपम नायक”को रूपमा मान्यता दिएका मरेको फेब्रुअरी २०, २०२४ मा क्यालिफोर्नियाको साउसालिटोमा आफ्नै निवासमा मृत्यु भयो।
नेपालको अल्पसंख्यकहरूका रुपमा रहेका थारु जातिमा पुस्तादेखि चलिआएको कमलरी प्रथामा प्रतिवर्ष १०० डलर भन्दा पनि कममा बेचिने युवतिहररूलाई मुक्त गर्नु नै मरेको फाउन्डेसनको सबैभन्दा ठूलो उपलब्धिहरूमध्ये एक हो।
सन् २००० मा उनको फाउन्डेसनले सुरु गरेको एक व्यवस्था अनुरूप सामान्य श्रम, गृहणी दास र लामो समयसम्म श्रमिक रहेर भावनात्मक र शारीरिक दुर्व्यवहारबाट पीडित भइरहेका १३ हजार बालबालिकालाई फर्काउन सफल भयो।
नेपाल युवा प्रतिष्ठानका अध्यक्ष सोम पनेरुले यी बालिका र युवतीहरूको बुबाआमासँग र कमलारिको बेचौलियासँग यी किशोरीहरू काम गरिरहेका ठाऊँ थाहा पाउन सामाजिक कार्यकर्ता खटाएर सोधखोज गर्ने गरेको बताए। कहिलेकाहीँ यी युवतीहरूलाई प्रहरीको सहयोगमा मुक्त गराइएको थियो। फाउन्डेसनले यी युवतीहरूको कामको सर्त अनुरूप वार्षिक रूपमा आउने मागे संक्रान्तिको पर्वका लागि आफ्नो गाउँ फर्कन पाउँथे र यसै बेलामा फाउन्डेसनले यी बालिकाहरूलाई उद्धार गर्थ्यो।
किशोरीहरूको स्वतन्त्रता सुरक्षित गर्न फाउन्डेसनले उनीहरूको परिवारलाई एक सरल प्रस्ताव दिएको थियो- “सुँगुर वा बाख्रा”। प्रस्तावको सर्त अनुसार परिवारले एक सालपछि यि जनावरहरुलाई आफ्नो छोरी बेच्दा पाउने रकम जतिमै बेच्न पाउँदथे। फाउन्डेसनले उनीहरूको परिवारलाई यी सुँगुरर बाख्राहरू व्यवसायिक रुपमा पाल्न र यसका मासुसमेत बेच्न पाउने सुविधा दियो। साथै फाउन्डेसनले यी बालिकाहरूको शिक्षाको पनि ग्यारेन्टी दिएको थियो।
ओल्गा मरेको छात्रवृत्ति प्राप्त गरेका सोम पनेरुले फाउन्डेसनले सन् २००० मा ३७ बालबालिकालाई घरेलु दासबाट फिर्ता ल्याई उनीहरूलाई स्कुल, स्कुलको पोशाक, खाना र किताबहरू उपलब्ध गराएको बताए। साथै हरेक साल उद्धार गरिएका बालबालिकाहरुको सङ्ख्या बढेर गएको पनि उनले बताए।
त्यसपछि फाउन्डेसनले नेपालको श्रम कानुनको उल्लंघन हुने जीवनभरको दासत्वलाई गैरकानुनी भन्दै नेपालको सर्वोच्च अदालतमा मुद्दा दायर गर्यो। सन् २००६ मा नेपालको सर्वोच्च अदालतले यसलाई गैरकानुन घोषित गरेको थियो। तर २०१३ सम्म पनि यसमा थोरै मात्रै कार्यान्वयन भएको थियो।
“हामीले थारु समुदायलाई यस कमलरी अभ्यासको विरुद्धमा फर्कायौँ” – मरेले सन् २०२४ को फाउन्डेसनको भिडियो सम्बोधनमा भनेकी छिन्। भिडियोमा बोल्दै मरेले भनिन् – “यो पुस्ताका किशोरीहरूको मात्र होइन, यिनीहरूको छोरीहरू र नातिनीहरू र तिनीहरूका छोरी र नातिनीहरूको पनि हो। जो यो भयानक प्रथाबाट जोगिने छन्” ।
उद्धार गरिएका धेरै कमलरी कमलरीस मुक्त सशक्तिकरण कार्यक्रम अन्तर्गत यस जीवनभरको दासताको विरोधी बने। यसै मार्फत बचत तथा ऋण सहकारी, साझा पशु पालनको अवसरका बीच उनीहरूको सामूहिक समूह बन्यो।
ओल्गा डेभिडोभिट्सको जन्म सन् १९२५ मा रोमेनियाको साटु मारेमा भएको थियो। उनी छ वर्षको हुँदा उनी आफ्ना आमा, एक भाइ र दुई बहिनीहरू साथ अमेरिकाको न्यु योर्क सहरको ब्रोङ्क्समा आएकी थिइन् । सिकर्मी उनका बुबा जोसेफ डेभिडोभिट्स १९२७ मा अमेरिका आएका हुन्।
सन् १९४२ मा हाइस्कुल उत्तीर्ण गरेपछि ओल्गाले कोलम्बिया विश्वविद्यालयमा भर्ना हुन अघि तीन वर्ष अमेरिकाको आन्तरिक यात्रा गरेकी थिइन्। एक वर्षपछि नै अमेरिकाको ओहायो विश्वविद्यालयमा सरेकी ओल्गाले कोलम्बिया विश्वविद्यालय फर्की सन् १९४९ मा स्नातक डिग्री हासिल गरेकी थिइन्।
स्नातक डिग्रीपछि उनलाई अमेरिकी राज्य विभागले जागिरको लागि अस्वीकार गर्यो। त्यसपछि उनले सिन्डिकेट राजनीतिक स्तम्भकार ड्रु पियर्सनकोमा पाठकको चिठी र सुझावहरूको जवाफ दिने काम पाइन्। उनले यस कामसँगै जर्ज वासिङ्टन विश्वविद्यालमा कानुन पढेर सन् १९५४ कानुनमा स्नातक पास गरिन्।
कानुन पढ्दै गर्दा दोस्रो वर्षमा उनको भेट आफ्नै विज्ञापन संस्था चलाउने जुड मरेसँग भयो। र सन् १९५५ मा उनीहरूको विवाह भयो। छ वर्षपछि उनीहरूको डिभोर्स भयो। तर सन् १९७६ मा जुड मरेको देहान्तसम्म जुड र ओल्गाको सम्बन्ध मित्रताकै रूपमा रहेको उनका नाती सिन मरेले बताए। देहान्त हुँदा ओल्गा मरेका दुई सौतेनी छोराहरू, एक नाती र चार पानाती-नातिनाहरूहरू रहेका छन्।
त्यस समयमा एक महिलाले ल फर्ममा जागिर पाउन असम्भव छ भन्ने मरेलाई थाहा थियो। यसैले सन् १९५५ मा सेन फ्रान्सिस्कोको क्यालिफोर्निया सर्वोच्च अदालतमा एक सामान्य क्लार्कको रूपमा नियुक्त भइन्। आउने ३७ साल उनले अदालतमै काम गरिन् र १९९२ मा सेवानिवृत्त भएर आफ्नो फाउन्डेसनमा काम गर्न थालिन्।
त्यसबेला सम्म ओल्गा र नेपालको एउटा अनाथलयका स्वयंसेवी अंग्रेजी शिक्षक एलेन एस्ट्रोपले एकदमै सीमित बजेटमा सञ्चालित एक संस्था संचालन गर्न थाले। सन् १९८९ मा ओल्गा मरे अध्यक्ष र मुख्य को सङ्कलनकर्ताको भुमिकिमा नेपाल युवा प्रतिष्ठानको स्थापना भएको थियो। एक विवादका कारण एलेन एस्ट्रोपले सन् २००० मा संस्था छोडेका थिए।
संस्थाको स्थानापछि यस संस्थाले ओल्गापुरी बालगाउँ नामक १७ पोषण पुनर्वासको निर्माण गरेको छ। यसमा बालबालिकाहरूको बस्ने सुविधा, परामर्श केन्द्र र एक व्यावसायिक विद्यालय पनि छ।
दास बनाइएका चेलीहरूलाई मुक्ति गराउनु ओल्गा मरेको अन्तरात्मासँग जोडिएको इच्छा थियो। सन् २०१४ जनवरी १५ मा नेपाल सरकारले कमलरी स्वतन्त्र दिवस घोषणा गरेको दिन उनी दाङ जिल्लामा र्यालीमा सहभागी भइन्।
आफ्नो आत्मकथामा उनले लेखिन् – “सयौं दास भएका चेली तथा युवतीहरू नारा लगाउँदै र हावामा मुठी बानेर नारा लगाउँदै हिँडेको मैले र सोमले हेरेका थियौँ। यो प्रदर्शनले मलाई मैले भाग लिएको पहिलो प्रदर्शनीको याद गरायो जसबेला हजारौं किशोरीहरू बधुवाको रुपमा थिए। जब हामी छेउमा उभिरहेर हेरिरहेका थियौँ, केहि युवतीहरूले मलाई मार्चमा सहभागी हुन ईसरा गरे र म पनि उनीहरूसँगै यस र्यालीमा हिँडे ।
स्रोत: द न्यूयोर्क टाइम्स्
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पत्रकार महासङ्घको निर्वाचन आज
- विपद्का घटनाबाट चिन्तित चुरेफेदी
- आत्म–रक्षाका लागि गोलान बफर जोन कब्जा गरेको इजरायलको भनाइ
- टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
- अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ
- के हो आँखाको क्यान्सर ?
- बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
- सिरियाली विद्रोहीहरूद्वारा सङ्क्रमणकालीन सरकारका प्रमुख नियुक्त
- आयोजना अलपत्र पारेपछि कारणसहित लिखित जवाफ माग
- फिलिपिन्समा ज्वालामुखी विस्फोट, प्रभावित क्षेत्र खाली गरिँदै