संयुक्त राष्ट्रसङ्घको साधारण सभाले बिहीबार एक ऐतिहासिक प्रस्ताव पारित गरेको छ। सुरक्षित र विश्वसनीय आर्टिफिसियल इन्टलिजेन्सको प्रणालीबाट दिगो विकास हासिल गर्ने सो प्रस्तावलाई ऐतिहासिक उपलब्धि मानिएको छ।
सो प्रस्तावमा आर्टिफिसियल इन्टलिजेन्सको विकास, प्रवर्द्धन र नक्साङ्कन तथा कार्यान्वयन गर्दा मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गरिने प्रतिबद्धता पनि उल्लेख छ।
सो प्रस्तावको मस्यौदा सर्वसम्मतिले १२० सदस्य राष्ट्रको पहलमा पारित भएको थियो। नवीनतम आर्टिफिसियल इन्टलिजेन्स प्रविधिबारे संयुक्त राष्ट्रसङ्घको यो पहिलो प्रस्ताव हो। राष्ट्र सङ्घीय सुरक्षा परिषद्का सल्लाहकारले यो प्रस्तावलाई ऐतिहासिक कदम र अग्रगामी दृष्टिकोण भनेका छन् ।
राष्ट्रसङ्घीय परिषद्ले सबै सदस्य देशहरूलाई आर्टिफिसियल इन्टलिजेन्सको विकास र नियमनका लागि “सेफ, सेक्युअर र ट्रस्टवर्दी” युज अफ एआईको धारणालाई अवलम्बन गर्न आग्रह गरेको छ।
परिषद्ले अफलाइन र अनलाइन दुवै स्पेसमा एउटै अधिकारको अवधारणालाई पनि पुनः जोड दिएको छ। साथै बढ्दो डिजिटल डिभाइड बारे गम्भीर हुन र डिजिटल साक्षरतालाई बढवा दिन पनि सबै सदस्य राष्ट्रहरू तथा निजी क्षेत्र नागरिक समाज र प्राज्ञिक जगतलाई ध्यानाकर्षण गराएको छ।
आर्टिफिसियल इन्टेलिजेन्सको विकास प्रवर्धन र प्रयोगमा कुनै पनि देश पछाडि नपरोस् भन्ने सामूहिक प्रतिबद्धता पनि परिषद्ले व्यक्त गर्दै राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिण्डा थोमस ग्रीनफिल्डद्वारा प्रस्तावित उक्त रिजुलेसन सबै पक्षको सहभागितामा तर्जुमा गरिएको बताइएको छ।
उक्त प्रस्तावको मस्यौदालाई अन्तिम रूप दिनु अगाडि इन्टरनेसनल कम्युनिकेसन युनियन (आइटीयु), युनेस्को तथा मानव अधिकार परिषद् समेतको सहभागिता र पहलमा तयार गरिएको थियो। उक्त प्रस्ताव १३ बुँदा र विभिन्न उप बुँदामा उल्लेख भएको सो प्रस्ताव संयुक्त राष्ट्रसङ्घको ७८औ साधारण सभाको आइटम नम्बर १३ को रूपमा ५७ सदस्य राष्ट्रहरूद्वारा प्रस्तावित गरिएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- खानै नहुने मात्रामा विषादीको अवशेष तरकारीमा फेला
- तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’ पर्यटकको पर्खाइमा
- चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
- हरेक वर्ष सारस चराको संख्या घट्दै
- मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन
- रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
- धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
- पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- भूमेपूजापछि ‘लिङ्गो जुधाउने’ अनौठो परम्परा
- गएको चार वर्ष : नेपालमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
