जापानमा बढ्यो शारीरिक दुर्व्यवहार

जापानमा पाँचमध्ये एक पार्टनरजोडीले आफु आफ्नो प्रेमीबाट शारीरिक दुर्व्यवहार भोग्नु परेको सरकारी सर्वेक्षणले देखाएको छ। सर्वेक्षणले शारीरिक दुर्व्यवहारको यी घटना अहिलेसम्मकै उच्च अनुपातमा रहेको देखाएको छ। साथै विवाहित जोडीमा चार जोडीमध्ये एक जोडीले आफ्नो पतिपत्नीबाट शारीरिक दुर्व्यवहार भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ।

गतवर्ष जापानको मन्त्रिपरिषद् कार्यालयले दुई हजार ९५० जनामा यो सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा भाग लिएका १८ प्रतिशतले आफू कुनै न कुनै रूपमा आफ्ना प्रेमी-पार्टनरबाट दुर्व्यवहारको शिकार भएको बताएका छन्। सन् २०२० को सर्वेक्षणमा १२.६ प्रतिशत प्रेमी-पार्टनरबाट दुर्व्यवहारको शिकार हुनुपरेको प्रतिवेदनमा उल्लेख थियो ।

सर्वेक्षणलाई लैङ्गिक आधारमा  हेर्दा २२.७ प्रतिशत महिलाले आफूलाई आफ्नो पार्टनरबाट शारीरिक दुर्व्यवहार भएको बताएका छन्। त्यस्तै पुरुष तर्फ भने त्यो संख्या १२ प्रतिशत रहेको छ।

वैवाहिक दुर्व्यवहारको सन्दर्भमा हेर्दा  २७.५ प्रतिशत महिलाले आफ्ना श्रीमानहरूले शारीरिक रूपमा दुर्व्यवहार गरेको बताएका छन् भने पुरुष तर्फ त्यो संख्या २२ प्रतिशत रहेको छ ।

आफ्नो जीवनसाथीबाट शारीरिक दुर्व्यवहार भोग्नेहरू मध्ये १२.६ प्रतिशतले दुर्व्यवहारको समयमा आफ्नो ज्यान खतरामा रहेको महसुस भएको बताएका छन्।

जापानको लैङ्गिक समानता  राज्यमन्त्री अयुको काटोले पत्रकार सम्मेलनमा शारीरिक र यौन दुर्व्यवहार मानव अधिकारको गम्भीर उल्लङ्घन हो भन्दै यसलाई कहिले पनि सहन नहुने बताएका छन्। सम्मेलनमा बोल्दै राज्यमन्त्री काटोले सर्वेक्षणको तथ्यको अनुसरण गरी जापान सरकार समस्याको जडमा पुगेर यस समस्याको सुधारको लागि काम गर्ने बताएका छन् ।

जापानमा निगरानी गरिनु पनि प्रमुख मुद्दा बनेको छ । सर्वेक्षणमा सहभागी १४ प्रतिशतल महिलाहरूले आफूलाई कसैले निगरानी गरेको अनुभव भएको बताएका छन् । त्यस्तै ५.७ प्रतिशत  पुरुषहरूले पनि आफूलाई पीछा गरेको अनुभव भएको बताए । पूर्व प्रेमीहरुमा यो संख्या एक चौथाई रहेको छ भने  कार्यस्थालका सहकर्मीमा यो संख्या २१.६ प्रतिशत रहेको छ  । साथै विद्यालयमा १७.९ प्रतिशत रहेको छ।

गत वर्ष जापानमा कानूनको संशोधन पछि असहमतिपूर्ण यौनसम्पर्कलाई पनि बलात्कारको रूपमा परिभाषित गरिएको थियो। यो सर्वेक्षणमा “असहमत यौन सम्बन्ध” बारे  पनि प्रश्नहरू समावेश गरिएको थियो। २०२० को सर्वेक्षणमा “जबरदस्ती यौन सम्पर्क” भन्ने वाक्यांश प्रयोग गरिएको थियो।

सर्वेक्षणमा सहभागी मध्ये ४.७ प्रतिशतले आफूहरू असहमतिपूर्ण यौनसम्पर्कको सिकार भएको बताएका छन् । लैङ्गिक आधारमा हेर्दा महिलामा यो संख्या ८.१ प्रतिशत र पुरुषमा ०.७ प्रतिशत रहेको छ।

सर्वेक्षणको करिब ४० प्रतिशत सहभागीले २० वर्षको उमेरमा आफुले असहमतिपूर्ण यौनसम्पर्कको दुर्व्यवहार भएको बताएका छन्। २० प्रतिशत ले १५ देखि १९ वर्षको बीचमा आफुहरुलाई असहमतिपूर्ण यौनसम्पर्क जस्तो दुर्व्यवहार भोगेको बताएका छन्। आफ्नो प्राथमिक विद्यालयको समयमा दुर्व्यवहार भएकाहरुको संख्या १५ प्रतिशत रहेको छ।

सन् १९९९ देखि सुरु भएको यो सर्वेक्षण हरेक तीन वर्षमा हुने गरेको छ। सर्वेक्षणले जापानका १८ देखि ५९ वर्ष उमेरक ५ हजार व्यक्तिबाट नोभेम्बर र डिसेम्बरको बीचमा तथ्याङ्क सङ्कलन गर्ने गरेको छ।

सन् २०२० सम्म २० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूमा सर्वेक्षण गरिएको थियो। सन् २०२२ मा जापान सरकारले वयस्कताको कानुनी उमेरलाई घटाएर १८ वर्ष बनाएपछि पहिलो पटक १८ वर्ष देखिका जापानी नागरिकहरूलाई सर्वेक्षणमा समावेश गरेको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link