रफाहमा हमासविरुद्धको सैन्य कारबाही अन्त्य हुने आशामा शङ्का व्यक्त गर्दै एक इजरायली अधिकारीले यस वर्षको अन्त्यसम्म गाजामा युद्ध जारी रहनसक्ने बताएका छन् ।
इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले सन् २०२४ लाई इजरायलको युद्ध मन्त्रीमण्डलले ‘लडाइँको वर्ष’ घोषणा गरेको सङ्केत गर्नुभएको छ ।
“हामी अहिले सन् २०२४ को पाँचौँ महिनामा छौं । हमास र इस्लामिक जिहादको सैन्य र सरकारी क्षमताहरू नष्ट गर्ने हाम्रो लक्ष्य हासिल गर्न हामी थप सात महिनाको लडाइँको अपेक्षा गर्दछौँ,” हानेग्बीले बताउनुभयो ।
हमासविरूद्धको कारबाही सुरु भएपछिको पहिलो पटक मध्य रफाहमा देखिएका इजरायली ट्याङ्कहरू बुधबार दक्षिणी गाजा सहरतर्फ अगाडि बढेपछि यी टिप्पणीहरू आएका हुन् ।
आक्रमण रोक्न विश्वव्यापी दबाब बढ्दै जाँदा पनि इजरायलले आफ्नो सैन्य आक्रमण जारी राखेको सिएनएनले जनाएको छ ।
इजरायली सरकारले हमास विरुद्धको युद्धको अन्तिम चरण रफाहमा प्रवेश हुने बताएको थियो । हमाससँग बन्धकहरूका फिर्तीबारे सम्झौतामा विचार भएपनि इजरायली युद्ध मन्त्रीमण्डलको अधिक कट्टर समूहले गाजामा रहेको बन्धकहरूको फिर्ती पश्चात लडाकू समूहको विनाशलाई प्राथमिकता दिँदै रफाह आक्रमण बढाउनपर्नेमा जोड दिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- टप एन्ड सिरिज: लय समात्ने र इतिहास रच्ने दाउमा नेपाल ‘ए’
- बाटो देखायो तालिमले, समृद्धि ल्यायो तरकारी खेतीले
- निगमले आज सोमबारदेखि खाना पकाउने ग्यासको बिक्री-वितरण नियमित बनाउने
- खराब मौसमका कारण रेसुङ्गा विमानस्थलको उडान प्रभावित
- आज नापञ्चमी पर्व मनाइँदै
- आज दुबै सङ्घीय सदनको बैठक बस्दै
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- कोशी प्रदेशमा ‘विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’ संवाद सम्पन्न
- सडक अपडेट: ३० वर्ष बित्दा पनि सहज भएन डुम्रे–बेँसी सहर–चामे सडक!
- हात्ती आतंक: हल्दिबारीमा तीन हात्ती बस्ती छिरेर क्षति, स्थानीयमा त्रास!