मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसिरात शिविर र देर अल सहरमा इजरायली बमबारीका कारण ठूलो सङ्ख्यामा घाइते प्यालेस्टिनीकोलाई अस्पताल पठाइएको बताउनुभएको छ । यसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ ।
प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूले इजरायली विमानले तीव्र हवाई आक्रमणसहित उक्त क्षेत्रलाई निशाना बनाएको र यसका कारण स्थानीय नागरिकको सुरक्षाका लागि केही घाइतेहरूलाई एम्बुलेन्स सेवाहरू समयमै पु¥याउन नसकिएको बताएका थिए ।
यसैबीच, हमास नियन्त्रित गाजाको प्यालेष्टिनी सरकारी सञ्चारमाध्यमका अनुसार नुसिरात शिविरमा भएको आक्रमणमा परी कम्तीमा २१० जनाको मृत्यु भएको जनाएको छ ।
इजरायली सेना, पुलिस र गुप्तचर निकाय शिन बेटले एक संयुक्त विज्ञप्ति जारी गरी भनेका छन्, “हाम्रो सेनाले यस क्षेत्रमा आतङ्कवादी संरचनामा आक्रमण गरिरहेको र चार इजरायली बन्धकहरूलाई मुक्त गरेको छ ।”
शिन बेट लडाकू र विशेष प्रहरी इकाईले नुसिरातको मुटुमा रहेको दुई छुट्टाछुट्टै क्षेत्रबाट अपहरणमा परेका व्यक्तिहरूलाई उद्धार गरेको छ ।
बन्धकहरूको स्वास्थ्य अवस्था राम्रो रहेको र उनीहरूलाई इजरायलको तेल हसोमर अस्पतालमा चिकित्सा परीक्षणका लागि सारिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान