बन्दुकधारीहरूको आपराधिक समूहले उत्तरपश्चिमी नाइजेरियाको एउटा गाउँमा आक्रमण गरी चार प्रहरीसहित २६ जनाको हत्या गरेका र दर्जनौंलाई अपहरण गरेको छ ।
“लुटेराहरूले गिदान बोका गाउँमा आक्रमण गरी २६ जनाको हत्या गरेका र दर्जनौं बासिन्दाहरूलाई अपहरण गरेका छन् । यसमा अधिकांश महिला र बालबालिका छन्,” काङ्कारा जिल्लाका राजनीतिक प्रशासक अनस इसाले एएफपीलाई बताउनुभयो । अपहरणमा परेकाहरुको सङ्ख्या पत्ता लगाउन आफ्नो कार्यालयले काम गरिरहेको इसाले बताउनुभयो ।
कात्सिना प्रहरीले एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको छ ।
“सशस्त्र डाकुहरूले गिदान बोका गाउँमा आक्रमण गरको र १५ जना व्यक्तिको मृत्यु र दुई जना घाइत भएकोे,“ प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
अपराधीहरूले भाग्ने क्रममा नजिकैको नकवाबो गाउँका पाँच जना बासिन्दालाई पनि गोली हानेर हत्या गरेका थिए ।
राष्ट्रपति बोला अहमद टिनुबुले एक विज्ञप्तिमा, ‘भयानक र भयावह’ आक्रमणको निन्दा गर्नुभएको छ । सशस्त्र समूहविरुद्ध अझै धेरै कारबाही गरिने उहाँले बताउनुभयो ।
भारी हतियारधारी गिरोहहरूद्वारा आङ्कित कट्सिना उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो । यहाँ आपराधिक गिरोहले फिरौतीको लागि सामूहिक अपहरणका साथै घरहरू जलाउने र लुट्ने काम गर्छन् ।
जाम्फारा, कात्सिना, कादुना र नाइजर राज्यहरूमा फैलिएको विशाल जङ्गलमा शिविरहरू राख्ने गिरोहहरूले पछिल्ला केही वर्षमा विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरेका घटनाहरू समाचारमा आएका छन् ।
डाकुले भर्खरै विशेष गरी कात्सिना र जाम्फारा राज्यहरूमा आक्रमणहरू बढाएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
