अर्बपति टिमोथी मेलनले चुनावका लागि डोनाल्ड ट्रम्पलाई ५० मिलियन (पाँच करोड) डलर दान (चन्दा) गरेका छन् । अमेरिकी राष्ट्रपतिका उम्मेदवार रहेका ट्रम्पलाई चुनाव अभियानका लागि अर्बपति मेलनले एक्लै पाँच करोड डलर चन्दा दिएका हुन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार पिट्सबर्गस्थित मेलोन बैंकिङ परिवारका उत्तराधिकारी मेलनले ट्रम्पलाई ५ करोड डलर दान गरेका हुन् । यस्तै, अर्बपति लिज र डिक उइलेनले ट्रम्पलाई एक मिलियन डलर दान गरेका छन् ।
मेलोनले दिएको चन्दाको सहयोगमा पछिल्ला केही हप्ताहरूमा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति जो बाडेनभन्दा बढी खर्च गरेको समाचारमा उल्लेख छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान