इजरायलमा नयाँ चुनाव र गाजाका बन्धकलाई फिर्ता गर्न आह्वान गर्दै हजारौं आन्दोलनकारीले देशका विभिन्न भागमा सरकारविरोधी प्रदर्शन गरेको ‘द टाइम्स अफ इजरायल’ले जनाएको छ ।
सत्तारुढ लिकुड पार्टीको मुख्यालय रहेको बेइट जबोटिन्स्की बाहिर किङ जर्ज स्ट्रिटमा इजरायली नागरिकले विरोध प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीले जतिसक्दो छिट्टै निर्वाचन गर्नुपर्ने र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गर्दै प्रदर्शनमा भाग लिएका थिए ।
मुख्य र्याली समाप्त भएपछि प्रदर्शनकारीले टायर जलाएर सडक अवरुद्ध गरेका थिए । द टाइम्स अफ इजरायलले रिपोर्ट गरेअनुसार भीडलाई नियन्त्रण र सडक खाली गर्ने क्रममा तैनाथ प्रहरीले तीन जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।
यसैबीच, हजारौं व्यक्तिले आजजा स्ट्रिटमा रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको निवास बाहिर पनि विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले हमासद्वारा बन्धक बनाइएका परिवारका सदस्यको नेतृत्वमा तत्काल सम्झौता र चाँडै चुनावको माग गर्दै किङ जर्ज स्ट्रिटमा पदयात्रा गरे । प्रदर्शनकारीले नेतान्याहूको सरकारले हेजबुल्लाह गोलीकाण्डका कारण आठ महिनाभन्दा बढी समयदेखि विस्थापित भएका इजरायलको सङ्कटग्रस्त उत्तरी समुदायका करिब ६० हजार बासिन्दालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
‘होस्टेज एन्ड मिसिङ फेमिलीज फोरम’ले देशभरि र्याली आयोजना गरेको छ । उनीहरूले नोभेम्बरमा हमासले कैदबाट रिहा गरेका बन्धकहरूको सम्बोधन गर्न पनि आग्रह गरिएको छ । अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका ११६ जना गाजामा रहेका छन्, तिनीहरू सबै जीवित छैनन् भन्ने विश्वास गरिन्छ ।
युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने ढाँचाभित्र मात्र बन्धकहरूलाई रिहा गर्ने हमासको मागलाई इजरायलले अस्वीकार गर्दै आइरहेको छ ।
यसैबीच, बन्धक नामा लेवीको २० औँ जन्मदिन मनाउन तेल अबिबमा हजारौँ मानिसहरूले र्याली निकालेका छन् । नामाका बुवा योनी लेवीले भने, ‘उनी यहाँ आफ्नो परिवार र साथीहरूसँग हुन आवश्यक छ ।’ नामालाई नाहल ओज सैन्य आधारबाट अपहरण गरिएकाे थियाे । त्यसपछि उनी हमासको एउटा भिडियो टेलिग्राममा देखापरेका थिए ।
भिडियोमा उनको हात बाँधिएको र पेन्ट रगत र मैलोले ढाकिएको थियो । हमास लडाकूले दक्षिणी इजरायलमा आक्रमण गरी करिब एक हजार २०० जनाको हत्या गरी २५१ जना बन्धक बनाएपछि अक्टोबर ७ मा शुरू भएको युद्धलाई सरकारले नियन्त्रण गरेको भन्दै विरोधमा प्रदर्शनकारीहरूले हरेक शनिबार राति महिनौँदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- हुरीका कारण २० प्रतिशत केरा खेतीमा क्षति
- कतारमा युद्धविराम वार्ता: हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव
- नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- सरकारी बजेट नभएपछि स्थानीय आफैँले बनाउन थाले पुल
- एक दशकपछि देख्न पाउँदा मुहारमा फिरेको खुसी
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
