भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक सभामा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
मृतकमध्ये हालसम्म ७२ जनाको पहिचान खुलेको टाइम्स अफ इन्डियाले जनाएको छ । मृत्यु हुनेमा अधिकांश महिला छन् ।
मंगलबार युपीको हाथरस शहर नजिकै एक धार्मिक प्रचारकको प्रवचन कार्यक्रम थियो । प्रवचन सुन्न आएका सयौं मानिस कार्यक्रम सकेर बाहिर निस्किँदै गर्दा भागदौड हुँदा धेरै व्यक्तिले ज्यान गुमाएका हुन् ।
भागदौडका कारण धेरै मान्छेको किचिएर मृत्यु भएको र शवहरू एकमाथि अर्को लडेको अवस्थामा फेला परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन्।
घटनामा घाइते भएका सयौं व्यक्तिलाई अस्पताल पुर्याइएको छ । उनीहरूमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्ने अनुमान छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
