अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका तत्कालीन इन्सपेक्टर लोकबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नेपाल प्रहरीको सशस्त्र गण नक्सालमा कार्यरत (तत्कालीन) प्रहरी निरीक्षक विष्टले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर प्रहरीको जागिर खाएको आरोप–पत्रमा उल्लेख छ ।
‘विष्टले उत्तर प्रदेशको बोर्ड अफ हाई स्कूल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी भएको हाई स्कूल परीक्षाको नक्कली शैक्षिक प्रमाणपत्र पेशगरी प्रहरीमा जागिर खाएको पाइएको छ,’ आरोपपत्रमा भनिएको छ ।
उनले नक्कली प्रमाणपत्र पेश गरी नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा २०५५ कात्तिक १ गते नियुक्ति लिएको आरोप-पत्रमा उल्लेख छ ।
विष्टले त्यसपछि विभिन्न पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्नुपरेको आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- हेम्जाकोट गाउँ र माछापुच्छ्रे हिमाल
- पनौती प्रेस पूर्ण सञ्चालनतर्फ : छ महिनामा नागरिकता-लाइसेन्ससहित नौ सेवा
- आज गणेशमान सिंहको १११औँ जन्म जयन्ती मनाइँदै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- ट्रम्पको भाषण सम्पादनको आलोचना पछि बिबिसीका निर्देशकले दिए राजीनामा
- विभिन्न सडक दुर्घटनामा एकको मृत्यु, १७ घाइते
- महाकाली करिडोर: सुदूरपश्चिमको लाइफलाइन अलपत्र
- ‘एनटिभी वर्ल्ड’ आजदेखि: पिएसबी नेपालको स्थापनाको प्रथम वर्षोत्सव
- आजको विदेशी मुद्राको विनिमय दर
- स्याउले सिप्तिङ होमस्टे: आठपहरियाको संस्कृति र पर्यटनको नयाँ ढोका