लुम्बिनी विकास कोषको पर्यावरणमैत्री, अत्याधुनिक विद्युतीय सवारी साधनहरू पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो। तर, अनियमितता, प्रशासनिक लापरबाही र अनधिकृत प्रयोगका कारण बिग्रिँदै थन्किन पुगेका छन्। जसले राज्यको सम्पत्ति र पर्यटक सेवामा असर पारेको छ।
२०८१ वैशाख १३ गते लु.१ झ. ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्र भित्रको सडकमा अनियन्त्रित भई दुर्घटनामा पर्यो। कोषका उपाध्यक्ष ल्यारक्याल लामाले आफूसँग ल्याएर नियुक्ति विवादमा रहेका जीवन बस्नेतले चलाउँदै गरेको उक्त भ्यानको अगाडिको भागमा क्षति पुगेको छ।
यसअघि, २०८० साल चैत्र २३ गते, लु.१ झ. ६९६ नं.को सोही भ्यानलाई अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको भन्दै स्थानीय अभियानकर्ताहरूले पर्सा चोकबाट नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका …
