रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु, एक बेपत्ता

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । यस्तै एकजना बेपत्ता छन् ।

गएराति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाएको हो । मृतक तीनैजना बालबालिका हुन् ।

 आठविसकोट नगरपालिका प्रमुख रवि केसीका अनुसार मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनीषा सार्की छन् ।  घटनामा परेर डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको उनले बताए ।

आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताइएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link