अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ५० जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २७, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो ।
उनका अनुसार बाढी, पहिरोबाट काठमाडौँ उपत्यकामा १०, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १०, गण्डकी प्रदेशमा ३४, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्प्रदेशमा १४ जना गरी जम्मा एक सय ७७ जना घाइते भएका छन् ।
बाढी, पहिरोबाट काठमाडौँ उपत्यकामा २६, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी जम्मा आजसम्म एक सय आठजनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।
उनले भने, “बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक गरी ४९ जना बेपत्ता भएको र उनीरुको खोजी जारी छ ।”
बाढीको कारण आज दिउँसोसम्म जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । दुई सय ५९ घर, ९५ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
बाढी पहिराबाट सात सय ४३ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर निर्धारण
- बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेटलाई हेर्दा
- इरान-इजरायलबिच तनाव कायमै
- सातै प्रदेशका बजेट २०८२/८३: कुल आकार, प्राथमिकता र मुख्य लक्ष्यहरू
- अमेरिका इरान-इजरायल युद्धमा संलग्न हुन्छ सक्ने
- सात प्रदेशले आगामी आव २०८२/८३ को बजेट आज प्रस्तुत गर्दै
- इजरायल-इरान तनाव: लामो युद्धको लागि तयार रहेको इरानको दाबी
- कमी हुँदै भिरमह उत्पादन
- इरानले इजरायलमाथि गर्यो जवाफी आक्रमण
- समय थप्दापनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना
