पेरिस ओलम्पिक २०२४ मा चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्य सहित कुल ९० पदक जितेको छ । अन्तिम दिनअघि दोस्रो स्थानमा झरेको अमेरिकाले चीनभन्दा १ स्वर्ण कम जितेको छ । कुल १ सय २२ पदक हात पारेको अमेरिकाले १५औं दिनको समाप्तिसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्य जितेको छ ।
तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १४ कास्यसहित कुल ४५ पदक जितेको छ । १५औं दिन अस्ट्रेलियाले थप २ स्वर्ण हात पार्यो ।
चौंथो स्थानमा रहेको जापानले अहिलेसम्म १८ स्वर्ण, १२ रजत र १३ कास्यसहित कुल ४३ पदक जितेको छ । आयोजक फ्रान्सले १६ स्वर्णसहित कुल ६२ पदक हात पारेको छ ।
१४ स्वर्ण २२ रजत र २२ कास्य जितेको ग्रेट ब्रिटेन छैटौं स्थानमा यथावत छ । ओलम्पिकमा दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः ७औं, ८औं र ९औं स्थानमा छन् । पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्य ६२ देशले कम्तिमा एक स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् ।
ओलम्पिक अन्तर्गत आज अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर निर्धारण
- बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेटलाई हेर्दा
- इरान-इजरायलबिच तनाव कायमै
- सातै प्रदेशका बजेट २०८२/८३: कुल आकार, प्राथमिकता र मुख्य लक्ष्यहरू
- अमेरिका इरान-इजरायल युद्धमा संलग्न हुन्छ सक्ने
- सात प्रदेशले आगामी आव २०८२/८३ को बजेट आज प्रस्तुत गर्दै
- इजरायल-इरान तनाव: लामो युद्धको लागि तयार रहेको इरानको दाबी
- कमी हुँदै भिरमह उत्पादन
- इरानले इजरायलमाथि गर्यो जवाफी आक्रमण
- समय थप्दापनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना
