पेरिस ओलम्पिक २०२४ मा अमेरिकाले पहिलो स्थान हात पारेको छ । ओलम्पिकका सबै खेल सकिएसँगै अमेरिकाले १ सय २६ पदकसहित पहिलो स्थानमा रहन सफल भएको हो ।
स्वर्ण पदकमा अमेरिकाले चीनसँग बराबरी गरेको छ । कुल १२६ पदक हात पारेको अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित एक सय १३ पदक जितेको थियो।
यसअघि ४० स्वर्ण पदकसहित शीर्षस्थानमा रहेको चीन भने दोस्रोमा झरेको हो । उसले ४० स्वर्णसहित २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ । प्रतियोगिताको अन्तिम दिन आज १३ स्वर्णको लागि प्रतिस्पर्धा भएको हो । एसियाली देश चीनले आज एक स्वर्ण थप गरेर ४० पुर्यायो ।
अन्तिम दिन दुई पदक जितेर जापान तेस्रो भएको छ । उसले अहिलेसम्म २० स्वर्णसँगै १२ रजत र १३ कांस्य गरेर ४५ पदक जितेको हो । अन्तिम दिन स्वर्णमा चुक्दा अस्ट्रेलियाले तेस्रो स्थान बचाउन सकेन । उसले १८ स्वर्ण, १९ रजत र १६ कांस्य गरी ५३ पदक जितेको छ। आयोजक फ्रान्स पाँचौँ स्थानमा पुगेको छ । कुल ६३ पदक जितेको फ्रान्सले १६ स्वर्ण जितेको छ ।
त्यसैगरी १५ स्वर्ण, ७ रजत र १२ कांस्यसहित ३४ पदक जितेको नेदरल्यान्डस छैटौं स्थानमा छ । १४ स्वर्ण २२ रजत र २९ कांस्य जितेको ग्रेट ब्रिटेन सातौँ स्थानमा यथावत् छ । ओलम्पिकमा दक्षिण कोरिया, इटाली र जर्मनी क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा छन् ।
पेरिस ओलम्पिक २०२४ मा सहभागी २ सय ६ मध्ये ६२ देशले कम्तीमा एक स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् । ३४ औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुनेछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुसी राष्ट्रपति पुटिनको भारत भ्रमण: रणनीतिक साझेदारीको नयाँ अध्याय
- नेपाल प्रिमियर लिग क्रिकेट : सुदूरपश्चिम क्वालिफायरमा, काठमाडौँ प्लेअफमा, आज लुम्बिनी-जनकपुर भिडन्त हुँदै
- महानगरपालिकाले जाँच्दैछ मेयर–कर्मचारीको बडी फ्याट र मधुमेह !
- फागुन २१ को निर्वाचन : आयोगको पूर्ण कार्यसूची सार्वजनिक
- भारत सरकारको सञ्चार साथी एप प्रि -इन्स्टल आदेश फिर्ता : गोपनीयताको चिन्ताले चर्कियो बहस
- मुस्ताङको स्याउको कमाल : ६४४ टन कम फल्दा पनि १६ करोड बढी आम्दानी
- तनहुँ र गुल्मीमा सुन्तला उत्पादनले किसानलाई राहत, तर चुनौतीहरू कायम
- नेपाल प्रिमियर लिग : हिजो लुम्बिनीको शानदार जित, आज दुई रोमाञ्चक खेल हुँदै
- आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै
- वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने