इराकको उत्तरी स्वायत्त कुर्द क्षेत्रमा बुधबार एउटा कारमा भएको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताउनुभएको छ ।
टर्कीएले ‘कुर्दिस्तान वर्कर्स पार्टी’का लडाकु विरुद्धको अभियानको रूपमा उत्तरी इराकमा पछिल्लो एक चौथाई शताब्दीदेखि दर्जनौँ सैन्य आधारहरू प्रतिस्थापन गरेको छ ।
पार्टीले सन् १९८४ देखि टर्कीएविरुद्ध विद्रोह गरिरहेको र यसका पश्चिमी सहयोगीहरूले यसलाई “आतङ्कवादी सङ्गठन” का रूपमा कालोसूचीमा राखेका छन् ।
“आज दिउँसो ड्रोनले डोकान–खालाकान सडकमा एउटा कारमा बम प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ”, डोकानका जिल्ला गभर्नर सिरवान सरहदले भन्नुभयो ।
“कारमा सवार तीन जनाको शरीर जलेको छ । दुईजना कुर्दिस्तानको रान्या क्षेत्रमा बस्ने बाबु र छोराको रूपमा पहिचान गरिएको छ”, उहाँले थप्नुभयो ।
बगदादको सङ्घीय सरकारले मार्चमा ‘कुर्दिस्तान वर्कर्स पार्टी’लाई प्रतिबन्ध लगाएको र गत महिना अकारासँग विद्रोही विरुद्धको लडाईमा संयुक्त प्रशिक्षण र कमाण्ड केन्द्रहरू स्थापना गर्ने उदेश्यले सैन्य सहयोग सम्झौतामा गरेको थियो ।
अगस्ट २३ मा कुर्दिश क्षेत्रका अधिकारीहरूले टर्कीएलाई दोष लगाएको ड्रोन आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीद्वारा अनुदान प्राप्त काम गर्ने दुई महिला पत्रकारको मृत्यु भएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर निर्धारण
- बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेटलाई हेर्दा
- इरान-इजरायलबिच तनाव कायमै
- सातै प्रदेशका बजेट २०८२/८३: कुल आकार, प्राथमिकता र मुख्य लक्ष्यहरू
- अमेरिका इरान-इजरायल युद्धमा संलग्न हुन्छ सक्ने
- सात प्रदेशले आगामी आव २०८२/८३ को बजेट आज प्रस्तुत गर्दै
- इजरायल-इरान तनाव: लामो युद्धको लागि तयार रहेको इरानको दाबी
- कमी हुँदै भिरमह उत्पादन
- इरानले इजरायलमाथि गर्यो जवाफी आक्रमण
- समय थप्दापनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना
