भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ (गेसो)का अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्तरुपमा नयाँ बन्ने घरको शिलान्यास गर्नुभएको थियो ।
गेसोका अध्यक्ष राईले आफ्नो पूख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिनुभएको छ । करिब रु १५ लाख मूल्य बराबरको जग्गामा प्रकाशका लागि नेकपा (माओवादी केन्द्र) को अगुवाइमा घर बन्न लागेको हो । उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ ।
घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइने छ । लगभग ३३ वर्ष हराएका ४३ वर्षीय तामाङ गत शनिबार षडानन्द–१० साङपाङको छाप्लेगाउँस्थित बाबुआमासँग बस्दै गरेको घर आइपुग्नु भएको थियो । आगामी दिनमा बाबुआमासँगै बसेर खेती किसानी गर्ने उद्देश्य रहेको प्रकाशले बताउनुभयो ।
प्रकाशका लागि अहिले सहयोगी निकायबाट विभिन्न सहयोग हुँदै आइरहेको छ । साथै उहाँको घरमा गएर सरकारी टोलीले प्रकाशको जन्मदर्ता र नागरिकतासमेत बनाइदिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
- आजको विनिमय दर निर्धारित
- इच्छाकामना अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्न माग
- दसैँको रौनक: पहेँलपुर बन्यो आँबुखैरेनी
- नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको आराधना
- नेपाली काँग्रेस: उपसभापति र महामन्त्रीको मतपरिणाम सार्वजनिक
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- गोरखामा बूढीगण्डकीको बाढी: ३५ घर बगे, चार गाउँमा व्यापक क्षति
- बडादसैँ सुरु: आज घरघरमा घटस्थापना, जमरा राखिँदै
- १० खेलाडीमा सीमित रियाल मड्रिडको भियारियालमाथि रोमाञ्चक जित