अग्रज पत्रकार एन पी उपाध्याय (नरेन्द्रप्रसाद उपाध्याय) को २०८१ भदौ २३ गते अमेरिकाको क्यालिफोर्नियामा त्यहाँको समय अनुसार ३:३८ बजे निधन भएको छ।
अङ्ग्रेजी भाषाको साप्ताहिक द टेलिग्राफका उहाँ लामो समय प्रधान सम्पादक रहेर नेपाली पत्रकारितामा स्थापित हुनु भएको थियो।
उपाध्यायको जन्म सन् १९४० को अन्त्यतिर सप्तरी जिल्लाको बैरवामा भएको थियो। विराटनगरमा हुर्किएका उपाध्यायले आदर्श विद्यालयमा अध्ययन गरे र सन् १९६० को दशकको मध्यतिर काठमाडौँ आएर शिक्षण सेवा पत्रकारितामा जीवन समर्पण गर्नु भएको थियो। उपाध्यायले ज्योति साप्ताहिकबाट पत्रकारिताको यात्रा सन् १९६९ मा गर्नु भएको थियो
तर पछि आफ्नै सम्पादनमा *टेलिग्राफ साप्ताहिक* को प्रकाशन प्रारम्भ गर्नु भयो।
अङ्ग्रेजी भाषाको सो साप्ताहिकलाई तीन दशक बढी समयसम्म निरन्तरता दिनु भयो। पत्रकार उपाध्यायले आफ्नो जीवनको धेरै समय अङ्ग्रेजी भाषाका शिक्षक र पत्रकारको रूपमा बिताउनुभयो। विशेष गरी नेपाल र दक्षिण एसियाली राजनीतिक परिस्थितिबारे लेख्ने उहाँ नेपालको पत्रकारिता क्षेत्रमा अन्तर्राष्ट्रिय मामिलाका जानकारका रूपमा सक्रिय रहनुभयो।
उहाँका लेखहरू मुख्यतः भारत, नेपाल र दक्षिण एसियाली क्षेत्रबिचको भू-राजनीतिक तनावबारे केन्द्रित थिए। यसैगरी उपाध्यायले कम्प्लेक्सिटिज अफ साउथ एसिएन पोलिटिकल अर्डर शीर्षकको पुस्तक पनि प्रकाशन गर्नु भएको छ।
उपाध्यायले नपाल पत्रकार महासङ्घको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेर लामो समय नेपाली पत्रकारिताको संस्थागत विकासमा पनि योगदान दिनुभएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- हेम्जाकोट गाउँ र माछापुच्छ्रे हिमाल
- पनौती प्रेस पूर्ण सञ्चालनतर्फ : छ महिनामा नागरिकता-लाइसेन्ससहित नौ सेवा
- आज गणेशमान सिंहको १११औँ जन्म जयन्ती मनाइँदै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- ट्रम्पको भाषण सम्पादनको आलोचना पछि बिबिसीका निर्देशकले दिए राजीनामा
- विभिन्न सडक दुर्घटनामा एकको मृत्यु, १७ घाइते
- महाकाली करिडोर: सुदूरपश्चिमको लाइफलाइन अलपत्र
- ‘एनटिभी वर्ल्ड’ आजदेखि: पिएसबी नेपालको स्थापनाको प्रथम वर्षोत्सव
- आजको विदेशी मुद्राको विनिमय दर
- स्याउले सिप्तिङ होमस्टे: आठपहरियाको संस्कृति र पर्यटनको नयाँ ढोका