रूस-युक्रेन बीचको युद्ध र बेमौसमी घटनाका कारण संसारभरि नै खाद्यान्नको मूल्य निरन्तर बढिरहको छ। खाद्य और कृषि संगठन (एफएओ) को नयाँ रिपोर्टका अनुसार फेब्रुअरीको तुलनामा मार्च महिनामा विश्वभरि नै खाद्यान्नको मूल्य लगभग १३ प्रतिशतले बढेको छ। यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो वृद्धि बताइएको छ।
एफएओले केही दिन अगाडि जारी गरेको एक प्रेस विज्ञप्तिमा भनिएको छ, “एउटा ठूलै फड्को मारेर विश्वभरिनै खाद्यान्नको मूल्य मार्च महिनामा उच्चतम विन्दुमा पुगेको छ।” रूस-युक्रेन युद्धका कारण यो मूल्यवृद्धिको सम्भावना पहिले देखिनै अनुमान गरिएको थियो।
एफएओले आफ्नो नयाँ खाद्यान्न मूल्य सूचकांक रिपोर्टमा भनेको छ, “ब्ल्याक सी क्षेत्रमा भएको युद्धका कारण अन्न र वनस्पति तेलको मूल्य अत्यधिक बृद्धि भएको छ।”
रिपोर्टका अनुसार मार्चमा औसत सूचकांक १५९.३ अंक थियो, जुन फेब्रुअरीभन्दा १२.६ प्रतिशत बढी हो। १९९० फेब्रुअरीदेखि नै एफएओ विश्व खाद्यान्नको मूल्यको निगरानी गरिरहेको छ, र अहिलेको मूल्यलाई त्यतिबेला अर्थात ३२ वर्षकै सबैभन्दा उच्चतम् स्तर बताएको छ। अहिलेको मूल्यलाई मार्च २०२१ को मूल्यसँग तुलना गर्ने हो भने अहिलेको मूल्य ३३.६ प्रतिशतले बढी छ।
रूस र युक्रेन विश्वभरि कै गहुँ र मकैको क्रमश: ३० प्रतिशत र २० प्रतिशत निर्यात गर्छन्। एफएओका अनुसार मकैको मूल्य पनि बढिरहेको छ। मकैको मूल्यमा फेब्रुअरीमा मात्र १९.१ प्रतिशतले बढेको छ।
एफएओ भन्छ, “युक्रेनका बन्दरगाह बन्द भएकाले त्यहाँबाट निर्यात सीमित मात्र भइरहेको छ भने रूसी संघको निर्यातमा अनेकन बाधा छन्।” यो स्थिति अझै निरन्तर हुने अनुमान लगाइएको छ र आगामी दिनमा मूल्य अझै बढने छ।
खाद्यान्न मूल्य सूचकांकका बारेमा आफ्नो विस्तृत नोटमा एफएओ भन्छ, ब्ल्याक सी क्षेत्रमा शिपमेन्टमा आएको कमीका कारण निर्यातमा ठूलै नोक्सानी भएको छ र त्यसबाट विश्वव्यापी रूपमा मूल्य बढेको छ, अर्कोतिर आयातमा कमी आएको छ भने माग बढेको छ।विशेष गरी त्यस्ता देशमा मूल्य बढेको छ जहाँ खाद्यान्नको भण्डारण कम छ।
युद्धकै कारण भएका व्यवधानले गर्दा सूर्यमुखीको तेलको मूल्य पनि बढेको छ। एफएओ भन्छ, “एफएओ वनस्पति तेल मूल्य सूचकांक २३.२ प्रतिशतले बढेको छ । यसमा सूर्यमुखीको तेलको मात्रा अधिक छ, किनकी युक्रेन सारा दुनियाँमा सूर्यमुखीको तेलको निर्यात गर्छ।
एफएओका महानिदेशक क्यू डोंग्युले एक बयान जारी गर्दै खाद्यान्नका दुई प्रमुख निर्यातक देशका बीचमा भएको युद्धका कारण विश्वव्यापी रूपमा खाद्य असुरक्षा बढ्न सक्छ भनेर उल्लेख गरेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
