भारत सरकारले एक्स र मेटा लगायतका सामाजिक सञ्जाल कम्पनीहरूलाई हवाई उडानहरूलाई लक्षित गर्ने होक्स बम धम्कीको सन्देश फैलावट रोक्न कडा चेतावनी जारी गरेको छ। यस्ता धम्कीहरूले भारतमा केही समय यता लगभग चार सय उडानहरू अवरुद्ध पारेका छन् । एयरलाइन्सका लागि आर्थिक नोक्सान भएको छ र सार्वजनिक सुरक्षा निकाय तनावमा पर्ने गरेका छन् ।
सरकारले एक्स र मेटा जस्ता सोसल मिडिया कम्पनीहरूलाई कडा चेतावनी जारी गर्दै भनेको छ: उडानहरूलाई लक्षित गर्ने होक्स बम धम्कीको फैलावटका सन्देश रोक्न तत्काल कदम चाल्न वा भारतीय न्याय संहिता र सूचना प्रविधि ऐन अन्तर्गत आपराधिक र दण्डित कारबाहीको सामना गर्नुपर्ने छ ।
विगत दुई हप्तामा, भारतीय हवाई कम्पनीहरूद्वारा सञ्चालित झन्डै चार सय उडानहरूले सामाजिक सञ्जाल र इमेलहरू मार्फत धम्की सन्देशहरू प्राप्त गरेका छन् । यसले हवाई उडान तालिकामा बाधा पुर्याएको छ, उडान डाइभर्सन हुनुका साथै एयरलाइन्सहरूलाई आर्थिक नोक्सान पुराएको छ। विदेशी वायुसेवा कम्पनीबाट सञ्चालित केही अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएको भारतीय सञ्चार संस्था टाइम्स् अफ इन्डीयाले जनाएको छ ।
उड्डयन क्षेत्रमा थप अवरोधहरू रोक्नको लागि सोसल मिडिया प्लेटफर्महरूको दुरुपयोगलाई रोक्न सरकारको अभिप्रायलाई यो चेतावनीले सङ्केत गरेको छ।
इलेकट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले गत शुक्रवार भनेको छ : “फरवर्डिङ, रि-सेयरिङ, रि-पोस्टिङ, रि-ट्विटिङ’ का कारण यस्तो होक्स बम धम्कीको फैलावट अनियन्त्रित भएको हो । सामाजिक प्लेटफर्महरूमा फैलिएका उक्त धम्कीहरू प्रायः गलत सूचना रहेको र जसले सार्वजनिक व्यवस्था, एयरलाइन्सको सञ्चालन र एयरलाइन्स यात्रुहरूको सुरक्षालाई व्यापक रूपमा बाधा पुर्याएको छ ।
आइटी नियमहरूको पालना बाहेक पनि भारतीय सरकारले उक्त प्लेटफर्महरूलाई भारतीय न्याय संहिता अन्तर्गत थप जिम्मेवारीहरू पनि वहन गर्न र यसमा भारतको एकता, अखण्डता, सार्वभौमसत्ता वा आर्थिक सुरक्षालाई खतरामा पार्ने अपराधहरू बारे कारबाही गर्न सक्ने बताएको छ ।
उनीहरूले यस निर्देशन पालन गर्न असफल भएमा आइटी ऐनको धारा ७९ अन्तर्गत मध्यस्थहरूलाई दिइएको “सुरक्षित बन्दरगाह” सुरक्षा गुमाउनेछ, जसले उनीहरूलाई तेस्रो-पक्ष सामग्रीको दायित्वबाट जोगाउँछ। सल्लाहकारले यी दायित्वहरू पूरा गर्न असफल हुने बिचौलियाहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।
यस्तो धम्कीले एयरलाइन्सले सयौँ करोड गुमाएको छ साथै यस्ता होक्स बमको धम्कीले ठुलो सङ्ख्यामा नागरिकहरूलाई असर गर्दै देशको आर्थिक सुरक्षालाई पनि अस्थिर बनाएको भारतीय सरकारले बताएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- स्यालको आक्रमणबाट १३ जना घाइते
- ‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’
- उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो !
- बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन
- लोमान्थाङ तातोपानी कुण्ड: जो उपयोगको लागि पर्खिबसेको छ
- झिनिया व्यवसाय नै आयआर्जनको बलियो माध्यम
- सुनसान छ ‘गुरिल्ला ट्रेक’
- फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो
- भोजनलाई स्वादिष्ट बनाउन मुसा मार्न व्यस्त बन्धुराम
- हुलाकी सडकमा राष्ट्रिय झण्डा फरर