दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपिडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपिएलए– आईओ) बीच भएको झडपमा एक सैनिक सहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
नागेरो काउन्टीका कमिश्नर हेनरी बाङ्गडा असायाले हिंसाले ७९ हजार भन्दा बढी मानिसलाई विस्थापित गरेको बताउनुभयो । यसमध्ये धेरै अहिले झाडीमा लुकेका छन् । “बुधवार साँझ पनि लडाइँ जारी थियो । लडाइँ सुरु भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु । उहाँले लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको उल्लेख गनुभयो ।”
एसएसपीडीएफका प्रवक्ता लुल रुई कोआङले कुब्री–बु ब्रिजमा रहेको अवैध चेकपोस्ट भत्काउन एसपिएलए–आईओ सेनाले अस्वीकार गरेपछि झडप सुरु भएको बताउनुभयो ।
कउङका अनुसार, एसपिएलए–आईओ बलहरू मङ्गलबार साँझ एसएसपीडीएफ–नियन्त्रित क्षेत्रमा प्रवेश गरे र आक्रमण सुरु गरे, जसको परिणामस्वरूप एक सैनिकको मृत्यु भयो र तीन जना घाइते भए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मनसुनबाट देशभर साढे २ लाख नागरिक प्रभावित हुने अनुमान
- आईपीएल २०२६: मिचेल मार्सको विस्फोटक ब्याटिङ, लखनउद्वारा चेन्नाई ७ विकेटले पराजित
- विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
- आजको मौसम पूर्वानुमान
- राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६३औँ प्रतिवेदन पेस
- सडक विस्तारसँगै सम्पदा संरक्षण
- डिजिटल अर्थतन्त्र र संरचनागत सुधार: आगामी बजेटको मार्गचित्र
- आईपीएल २०२६: मुम्बई इन्डियन्सद्वारा पन्जाब किंग्स ६ विकेटले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- धौलागिरि डायरी: उजाडिँदै पदमार्ग, सुस्ताउँदै पर्यटन